शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

घरजग्गा र सेयर कर्जा बढाएर अर्थतन्त्र चलायमान बनाउने बाटोमा राष्ट्र बैंक

images
शुक्रबार, मंसिर २२ २०८०
images
घरजग्गा र सेयर कर्जा बढाएर अर्थतन्त्र चलायमान बनाउने बाटोमा राष्ट्र बैंक

एकातर्फ ब्याजदर घटाउने अर्कोतर्फ जोखिमभार घटाएर कर्जा प्रवाह बढाउने नीतिले घरजग्गा र सेयरलगायतका सम्पत्तिको मूल्य बढ्ने अपेक्षा गरिएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो मौद्रिक समीक्षामार्फत सेयर बजार र घरजग्गामा कर्जा बढाउने सन्दर्भमा राष्ट्र बैंक लचक भएको छ।

images
images
images

राष्ट्र बैंकले रियल स्टेट र घरजग्गा कारोबारमा लगाउँदै आएको जोखिम भार घटाएर यस क्षेत्रमा कर्जा प्रवाह बढाउने गरी मौद्रिक नीतिको पहिलो समीक्षा ल्याएको छ।

images
images

यस व्यवस्थाका कारण लामो समयदेखि घटिरहेको सेयर र घरजग्गा कारोबार फेरि बढ्ने अनुमान गरिएको छ।

images
images

घरजग्गा र सेयर बजारमा कर्जा प्रवाह गर्दा बैंकहरूको असुली बढ्ने र खराब कर्जा घट्ने भएकाले बैंकहरू पनि कर्जा लगानी गर्न इच्छुक देखिएका छन्। 

राष्ट्र बैंकको पहिलो मौद्रिक समीक्षाले घरजग्गा कारोबारको जोखिमभार १५० बाट घटाएर १२५ मा झारेको छ। यस्तै ५० लाखभन्दा बढी सेयर कर्जाको जोखिमभार पनि राष्ट्र बैंकले १५० बाट १२५ मा झारेको छ। यस व्यवस्थाले घरजग्गा र सेयर बजारको क्षेत्रमा कर्जा प्रवाह बढ्ने देखिएको छ।

घरजग्गा र सेयर कर्जाको जोखिमभार घटेपछि लगानीकर्ताहरू उत्साहित भएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। 'जोखिमभार १५० बाट १२५ मा घटाएर राष्ट्र बैंकले सेयर र घरजग्गामा लगानीका लागि सहज बनाइदिएको छ। अब यी क्षेत्रमा लगानी गर्दा हुने सन्देश राष्ट्र बैंकले समीक्षामार्फत दिएको हो', ती सीईओले भने। 

२०७८ सालको मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले सेयर कर्जा र घरजग्गा कर्जाको जोखिमभार राष्ट्र बैंकले बढाएर १५० प्रतिशत पुर्‍याएको थियो। उक्त व्यवस्थालाई पुनरावलोकन गर्दै राष्ट्र बैंकले १२५ प्रतिशतमा झरेको छ। जोखिमभार घटेकाले पुँजीकोषमाथिको दबाब पनि कम हुने भएकाले उक्त क्षेत्रहरूमा कर्जा लगानी बैंक वित्तीय संस्थाको प्राथमिकतामा पर्ने भएको छ। 

अर्कोतर्फ घरजग्गा र सेयर कर्जाको जोखिमभार घटेकाले प्रणालीमा ५० अर्ब तरलता थपिने छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त कुरा बताएका हुन्। १५० को जोखिमभार हुँदा बैंकहरूको धेरै रकम होल्ड भएको र पुँजीकोष पर्याप्तता अनुपातमा दबाब भोगेकाले राष्ट्र बैंकले सहज बताइदिएको अधिकारीले बताए। 

'घरजग्गा र सेयर कर्जाको जोखिमभार घटाएका कारणले बजारमा ४०-५० अर्ब लगानीयोग्य पुँजी निस्किन्छ, यो रकम विभिन्न क्षेत्रमा लगानी गर्न सकिन्छ',अधिकारीले भने।

मौद्रिक नीतिको समीक्षामार्फत ब्याजदर घटाउन प्रष्ट सन्देश राष्ट्र बैंकले दिएको छ। ब्याजदर कोरिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दर ०.५ प्रतिशत आधार बिन्दु, नीतिगत दर एक प्रतिशत बिन्दु र निक्षेप संकलन दर १.५ प्रतिशत बिन्दुले घटाएर बैंकहरूलाई ब्याजदर घटाउने सुविधा दिएको हो। समीक्षामार्फत बैंक दर ७.५ प्रतिशतबाट ७ प्रतिशत, नीतिगत दर ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन दर ४.५ प्रतिशतटा ३ प्रतिशतमा झारिएको छ। 

राष्ट्र बैंकले नीतिगत दर ५.५ प्रतिशतमा झारेसँगै बैंकहरूको आधार दर पनि १ प्रतिशत बिन्दुले झार्ने भएको छ। अर्थात अब बैंक तथा वित्तीय संस्थाहरू १० प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्नसक्ने अवस्थामा पुगेका छन्।

एकातर्फ ब्याजदर घटाउने अर्कोतर्फ जोखिमभार घटाएर कर्जा प्रवाह बढाउने नीतिले घरजग्गा र सेयरलगायतका सम्पत्तिको मूल्य बढ्ने अपेक्षा गरिएको छ।


प्रकाशित : शुक्रबार, मंसिर २२ २०८०१६:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend