शनिबार, साउन १२ गते २०८१    
images
images
images

स्रोत थुप्रिएर परिचालन संकुचित भएपछि लचिलो बाटोमा मौद्रिक नीति, सुधार टिक्नेमा राष्ट्र बैंककै आशंका

images
शुक्रबार, मंसिर २२ २०८०
images
images
स्रोत थुप्रिएर परिचालन संकुचित भएपछि लचिलो बाटोमा मौद्रिक नीति, सुधार टिक्नेमा राष्ट्र बैंककै आशंका

अहिलेको लचिलो नीतिले बजारलाई चलायमान बनाउने भएपनि त्यो चलायमान अवस्थाले थप क्षति गराउने जोखिमतर्फ राष्ट्र बैंकले सचेत पनि गराएको छ।

images

काठमाडौं- चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत नेपाल राष्ट्र बैंकले थप खुकुलो नीति बनाएको छ। 

images
images

कर्जा प्रवाह बढाउनेका लागि नीतिगत उपकरणलाई थप सहज बनाउने केही व्यवस्था गर्दै राष्ट्र बैंकले थप लचिलो बनेको सन्देश दिएको छ। चौतर्फी दबाब र सुझावका बीचमा राष्ट्र बैंकले नीतिगत परिमार्जन गरेको हो। 

images

विशेषगरी पछिल्लो समयका केही नीतिगत व्यवस्था कारणले गर्दा वित्तीय प्रणालीमा स्रोतको उपलब्धता बढेको तर उपलब्ध स्रोतको परिचालन हुन नसक्दा अर्थतन्त्रमा शिथितलता विस्तार हुँदै गएको छ। 

शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने दबाबका बीचमा राष्ट्र बैंकले मौद्रिक नीतिबाट केही खुकुलो बनाइदिएको छ।

images

वित्तीय प्रणालीमा गत वर्षको तुलनामा यो वर्ष १ खर्ब ५० अर्ब तरलता थपिएको छ। २ खर्ब बढीको तरलता हुँदा पनि कर्जाको माग नबढ्दा बैंकिङ लागत नै महँगो हुँदै गएको छ तर अर्कोतिर कर्जा प्रवाहको विस्तार भने गत वर्षको तुलनामा झन संकुचित भएको छ। 

राष्ट्र बैंकका अनुसार चालु वर्षको तीन महिनामा कर्जा प्रवाह ४.८ प्रतिशतले बढेको छ। यो गत वर्षकोभन्दा न्यून हो। गत वर्षको यही अवधिमा कर्जा प्रवाह ६.४ प्रतिशतले बढेको थियो तर यो अवधिमा निक्षेप १४ प्रतिशतले बढेको छ। गत वर्ष निक्षेप ८ प्रतिशतले बढेको थियो। 

निक्षेप बढ्ने तर कर्जा घट्नेमात्र होइन बाह्य क्षेत्र पनि थप मजबुत हुँदै आएको छ। बढ्दो रेमिट्यान्स तथा न्यून आयातका कारणले गर्दा बाह्य क्षेत्र सुविधाजनक अवस्थामा पुगेको छ। स्रोतको उपलब्धतता बढेकाले कम्तिमा तत्काल बजारलाई चलायमान बनाउनका लागि भन्दै राष्ट्र बैंकले खुकुलो नीति लिएको छ। यद्यपि यसलाई राष्ट्र बैंकले सजकतापूर्वक लचक नीतिको संज्ञा दिएको छ। 

आफैले राखेको लक्ष्यभन्दा न्यून कर्जाको वृद्धिदर भएपछि राष्ट्र बैंकले यसका लागि थप पहल गरेको छ। यद्यपि सकारको बजेट कार्यान्वयन हुनुपर्ने, भूकम्पले गरेको क्षतिको पुनर्निर्माण जस्ता कामको गतिका आधारमा बजारमा माग सिर्जना हुने राष्ट्र बैंकको अनुमान छ। 

पुँजीको उपलब्धतता बढेपछि ब्याजदर पनि घट्दै जाने र यसले गर्दा कर्जा प्रवाह अझै विस्तार हुने राष्ट्र बैंकको विश्लेषण छ। 

विगतमा लिइएका नीतिगत व्यवस्था, आयातमा आएको कमी र उल्लेख्य विप्रेषण आप्रवाहका कारण शोधनान्तर स्थितिमा सुधार देखएको र यही आधारमा पुँजी प्रवाहको टुटीलाई थप खुकुलो बनाउँदै जाने नीति राष्ट्र बैंकले लिएको छ। तर पनि यो सुधारलाई चुनौतीपूर्ण रहेको राष्ट्र बैंककै विश्वलेषण छ। 

आन्तरिक उत्पादन क्षमता कमजोर रहेको पृष्ठभूमिमा यस्तो सुधारलाई टिकाइ राख्न चुनौतीपूर्ण भएको राष्ट्र बैंकले उल्लेख गरेको छ। विशेषगरि पुँजीको प्रवाह बढ्ने र कर्जाको ब्याजदर घट्दा उत्पादनभन्दा पनि आयात तथा उपभोगमै केन्द्रीत भएमा त्यसले फेरि अर्को समस्या ल्याउन सक्ने राष्ट्र बैंकले चेतावनी दिएको छ  

अहिलेको लचिलो नीतिले बजारलाई चलायमान बनाउने भएपनि त्यो चलायमान अवस्थाले थप क्षति गराउने जोखिमतर्फ राष्ट्र बैंकले सचेत पनि गराएको छ। 


प्रकाशित : शुक्रबार, मंसिर २२ २०८०११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend