बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

तोकिएकै स्थानमा बन्ने भयो अछाम र सुर्खेत सिमानामा पर्ने जंगलघाटको पुल

images
बिहीबार , मंसिर २१ २०८०
images
images
तोकिएकै स्थानमा बन्ने भयो अछाम र सुर्खेत सिमानामा पर्ने जंगलघाटको पुल

अछाम र सुर्खेतको सिमानामा बन्न लागेको बेतन कर्णाली हाइड्रोपावरले जंगलघाटमा बन्न लागेको पक्की पुल हाइड्रोपावरका कारणले डुबानमा पर्ने समस्या देखाउँदै पुलको उचाइ बढाउनुपर्ने वा पुल अन्यत्र निर्माण गर्नुपर्ने बताउँदै आएको थियो।

images
images

अछाम- अछाम र सुर्खेतको सिमानामा पर्ने जंगलघाटमा ठेक्का लगाइएको पुलको निर्माण कार्य अगाडि बढ्ने भएको छ। 

images
images
images

बुधबार अछाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह तथा अछाम र सुर्खेतका नागरिकबीच जंगलघाटमा भएको अन्तरक्रिया कार्यक्रममा शाहले अब तोकिएकै स्थानमा पुल बन्ने बताए।

images

जंगलघाटमा ठेक्का लगाएको पुल निर्माण कार्य अगाडि बढाउन मन्त्रीस्तरिय निर्णय भएको जानकारी गराउँदै उनले अब तोकिएको स्थानमा नै पुल बन्ने कुरा सुनिश्चित भएको बताए। अछाम र सुर्खेतको सिमानामा बन्न लागेको बेतन कर्णाली हाइड्रोपावरले जंगलघाटमा बन्न लागेको पक्की पुल हाइड्रोपावरका कारणले डुबानमा पर्ने समस्या देखाउँदै पुलको उचाइ बढाउनुपर्ने वा पुल अन्यत्र निर्माण गर्नुपर्ने बताउँदै आएको थियो। लामो समयको अवरोधपछि पुल बन्ने प्रक्रियामा गएको छ।

images
images
images

विसं २०७८ साउन ८  गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा लामा कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। कर्णाली-बाबियाचौर-जंगलगाट-तुर्माखाद कमलबजार-गैरिटाड सडक यो वर्ष देशभरमा नौ वटा रणनीति सडकमा छनोट भएको छ। त्यसमा उक्त सडक खण्डलाई करिडोरका रूपमा अगाडि बढाउन पाँच अर्ब १८ करोड रूपैयाँ बजेटको सुनिश्चितता भएको शाहले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend