शनिबार, साउन १२ गते २०८१    
images
images
images

बेँसीसहर-चामे सडक नौ किलोमिटर कालोपत्र

images
बिहीबार , मंसिर २१ २०८०
images
images
बेँसीसहर-चामे सडक नौ किलोमिटर कालोपत्र

यस सडकको ठाउँ ठाउँमा मापदण्ड अनुसारको कालोपत्र नभएको गुनासो आउने गरेको छ। यस सडक कालोपत्र गर्नका लागि भित्तामा कटानपछि पर्खालमा गोलो ढुंगा प्रयोग गरिएको गुनासो आउने गरेको छ।

images

मनाङ- हिमाली जिल्ला मनाङको मेरुदण्डको रुपमा रहेको स्थलमार्ग बेँसीसहर-चामे सडकखण्डमा नौ किलोमिटर सडक कालोपत्र गरिएको छ। 

images
images

ट्र्याक खोलिएको २१ वर्षपछि उक्त सडकखण्डको बेँसीसहरदेखि खुदीसम्म नौ किलोमिटर कालोपत्र गरिएको डुम्रे-बेँसीसहर-चामे सडक योजनाका सब इन्जिनियर सुमन अधिकारीले जानकारी दिए। लमजुङको बेँसीसहर नगरपालिका-६ बेँसीसहरदेखि मर्स्याङदी गाउँपालिका-१ खुदीसम्म कालोपत्र भएको उनले बताए।

images

उक्त सडकमा विसं २०५९ मा नेपाली सेनाले ट्र्याक खोलेको थियो। सडक कालोपत्र गरिसक्नुपर्ने मिति विसं २०८० असार मसान्तसम्म भए पनि समयमा काम पूरा नभएपछि म्याद थप गरिएको सब इन्जिनियर अधिकारीले बताए। उनले भने, 'विसं २०८१ असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ।'

यस सडकको ठाउँ ठाउँमा मापदण्ड अनुसारको कालोपत्र नभएको गुनासो आउने गरेको छ। यस सडक कालोपत्र गर्नका लागि भित्तामा कटानपछि पर्खालमा गोलो ढुंगा प्रयोग गरिएको गुनासो आउने गरेको छ।

images

भित्ताको आवश्यकताअनुसार नै ढुंगालगायत वस्तु उपयोग गरिएको र सडकको कालोपत्रको मोटाइ पाँच सेन्टिमिटरक रहेको इन्जिनियर अधिकारीले बताए। आशिष/अनिष जेभी कन्स्ट्रक्सन प्रालिले सडक कालोपत्रका लागि विसं २०७८ बैशाख २२ मा ठेक्का पाएको थियो। कुल ५२ करोड ९६ लाख १६ हजार रूपैयाँ लागत अनुमान गरिएकामा २५ करोड ३२ लाख १३ रूपैयाँमा कालोपत्र गर्ने सम्झौता भएको थियो।

तोकिएको समयमा कालोपत्र पूरा गर्न नसकिएपछि हालै मात्र विसं २०८१ असार मसान्तसम्म कालोपत्र गर्ने गरी म्याद थप गरिएको अधिकारीले जानकारी उनले दिए। बेँसीसहरदेखि ६५ किलोमिटर दुरी रहेको चामेसम्मको सडकमध्ये ३५ किलोमिटर सडक लमजुङमा पर्दछ भने मनाङमा ३० किलोमिटर रहेको छ। हाल यस सडकलाई विस्तार गर्दै मनाङको माथिल्लो भेग खाङ्सारसम्म सडक सञ्जाल पुर्‍याइएको आयोजनाले जनाएको छ।

ट्र्याक खोलिएको लामो समयसम्म यस सडकखण्डको स्तरोन्नति हुन नसक्दा अन्नपूर्ण पदमार्गमा आउने पर्यटक तथा स्थानीयवासीले सास्ती खेप्नु परेको छ। पर्यटकीय क्षेत्रको रुपमा रहेको मनाङमा आउने आन्तरिक तथा बाह्य पर्यटक जोखिमयुक्त स्थलमार्गबाट आवत-जावत गर्दछन्। अन्नपूर्ण पदमार्गअन्तर्गतको मनाङ ङिस्याङ गाउँपालिका-८ स्थित थोराङ्ला भञ्ज्याङ पाँच हजार चार सय १६ मिटर उचाइबाट कटेर मुस्ताङ निस्कने गरिन्छ। रासस


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend