आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

हानि-नोक्सानी कोषमार्फत सहकार्य आवश्यक छ : मन्त्री गुरुङ

images
बिहीबार , मंसिर २१ २०८०
images
हानि-नोक्सानी कोषमार्फत सहकार्य आवश्यक छ : मन्त्री गुरुङ
फाइल तस्बिर

मन्त्री सीता गुरुङले विश्वव्यापी कार्बन उत्सर्जनमा शून्य योगदान भए पनि नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताइन्।

images
images

युएई- सहरी विकासमन्त्री सीता गुरुङले नेपालजस्ता देशका लागि जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८ मा स्थापना गरिएको हानि, नोक्सानी कोष)मार्फत एकीकृत दृष्टिकोण र सहकार्यको आवश्यकता रहेको बताएकी छिन्।

images
images
images

संयुक्त अरब इमिरेटस् (युएई) को दुबईमा जारी कोप-२८ का क्रममा आज भएको ‘सहरीकरण र जलवायु परिवर्तन’ विषयक मन्त्रिस्तरीय बैठकमा उनले नेपालजस्ता मुलुकले जलवायुजन्य विपद्का कारण ठूलो क्षति बेहोर्नु परेकाले हानि, नोक्सानी कोषमार्फत सहकार्य गर्नु आवश्यक रहेकामा जोड दिएकी हुन्।

images
images

जलवायुजन्य विपद्का कारण नेपालको बस्ती र पूर्वाधारमा असर पारेको चर्चा गर्दै मन्त्री गुरुङले भनिन्, 'जलवायुजन्य प्रकोप सामना गर्न हाम्रो तयारी पर्याप्त छैन, जुन संयुक्त राष्ट्रसंघका महासचिवले आफ्नो हालैको नेपाल भ्रमणमा प्रष्टरुपमा उल्लेख गर्नुभएका थियो।'

images
images

उनले हिउँले ढाकिएको हाम्रो हिमालय तीव्ररुपमा पग्लिरहेको र  यसले हाम्रो बस्ती तथा पूर्वाधार, सार्वजनिक सेवा, विकासका लाभ र आर्थिक स्थिरतालाई पनि खतरामा पारेको जानकारी गराइन्। मन्त्री गुरुङले नयाँ संघीय संरचनामा नेपाल दिगो विकासका लागि संघीय शासन व्यवस्थालाई सुदृढ गर्न लागिरहेको बताइन्।

उनले थपिन्, 'राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन दिगो सहरीकरणका लागि क्लस्टर तथा प्रादेशिक दृष्टिकोणबाट स्थानीय सरकारबीचको सम्बन्ध सुदृढ गर्न र विभिन्न तहका सरकारहरूको क्षमता सुदृढ गर्न एकीकृत सहरी विकास योजनाको काम गरिरहेका छौँ।'

जलवायु संकट ढोकामै आइपुगेको उल्लेख गर्दै मन्त्री गुरुङले विश्वव्यापी कार्बन उत्सर्जनमा शून्य योगदान भए पनि नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताइन्। उनले भनिन्, 'हामीले यसका विनाशकारी असरका रुपमा बढ्दो तापक्रमसँगै हाम्रो मुलुकमा पहिरो, बाढी, डुबान र खडेरीको सामना गरिरहेका छौँ।' रासस


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend