शनिबार, साउन १२ गते २०८१    
images
images
images

चितवनमा १० प्रतिशतले घट्यो धान उत्पादन

images
बिहीबार , मंसिर २१ २०८०
images
images
चितवनमा १० प्रतिशतले घट्यो धान उत्पादन

चितवनमा यस वर्ष एक लाख १२ हजार एक सय ९० मेट्रिक टन धान उत्पादन भएको छ। गत वर्षको तुलनामा यो १० प्रतिशतले कमी हो।

images

चितवन- जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ। यहाँ २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। त्यसमा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन धान उत्पादन भएको छ।

images
images

यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ। चार दशमलव २६ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। गत वर्ष २७ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। त्यसमा एक लाख २४ हजार सात सय ६२ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका योजना अधिकृत उमराज अर्यालले जानकारी दिए।

images

सो वर्ष उत्पादकत्व चार दशमलव छ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको थियो। उनका अनुसार गत वर्षको तुलनामा यसवर्ष १२ हजार पाँच सय ७२ मेट्रिक टन धान उत्पादन घटेको हो। धान रोप्ने समयमा बर्सात नहुनु र धानमा रोगकीरा लाग्नुका कारण यसवर्ष उत्पादनमा कमी आएको अर्यालले बताए।

'समयमा पानी पर्न नसक्दा पहिलाको तुलनामा कम क्षेत्रफलमा धान रोपाइँ भयो, त्यससँगै बीउमा कीरा लाग्ने र धान उत्पादन हुने समयमा रोग लाग्ने समस्या आयो, जसका कारण उत्पादनमा कमी भयो', उनले भने।

images

समयमा बर्सात हुन नसक्दा पश्चिम चितवनका सबै क्षेत्रमा रोपाइँ हुन नसकेको उनले जानकारी दिए। धानको उत्पादन हुने समयमा कालो पोके, घाँटी मरुवा, गवारो जस्ता समस्या देखिएको उनले बताए। रासस


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१३:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend