शनिबार, साउन १२ गते २०८१    
images
images
images

नाडा अध्यक्ष बन्ने प्रतिस्पर्धामा करण चौधरी

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २० २०८०
images
images
नाडा अध्यक्ष बन्ने प्रतिस्पर्धामा करण चौधरी
images

काठमाडौं- अटो व्यवसायीहरूको पाँच दशक पुरानो छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको निर्वाचन आगामी पुस २० र २१ गते तय भएसँगै आगामी कार्यकालको नेतृत्व कसले गर्नेछ भन्ने विषयमा अहिले चर्चा सुरु भएको देखिन्छ।  

images
images

पछिलो समयमा अध्यक्षका आकांक्षीहरूको रुपमा सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्सका करण चौधरी र फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाबीच प्रतिस्पर्धा हुने देखिएको थियो। हाल वर्तमान कार्यसमितिका सदस्य प्रकाश कपुरीको उम्मेद्‍वारी घोषणाले यो चुनावी भिडन्त त्रिपक्षीय हुने देखिएको छ।

images

यद्यपी करण चौधरी र आकाश गोल्छाले आधिकारिक रुपमा घोषणा भने गरेका थिएनन्। उम्मेद्‍वारी घोषणाको अन्योल हटाउन अहिले करण चौधरीले पनि औपचारिक रुपमा उम्मेद्‍वारी घोषणा गरेका छन्।

एक युवा अटो व्यवसायीको रुपमा परिचित चौधरीलाई सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठलगायतका अटो व्यवसायीहरूको साथ रहेको देखिएको छ।  

images

उम्मेद्‍वारी घोषणा गर्नु धेरैअगाडि नै निर्वाचनको लागि चाहिने आवश्यक गृहकार्य सुरु भैसकेको चौधरीले बताएका छन्। यद्यपी नाडाको भावी अध्यक्षको लागि सर्वसम्मतको प्रयास पनि जारी रहेको उनले बताए। निर्वाचनमा जाँदा पनि आफूलाई नेपालभरका व्यवसायीहरूको साथ रहेको हुनाले निर्वाचन जित्ने विश्वास चौधरीले व्यक्त गरेका छन्।  

नाडाको साधारण सभाले आगामी दुई वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ। साधारण सभामा निर्वाचनमार्फत एक अध्यक्ष, १७ जना सदस्य निर्वाचित हुनेछन्। निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारीको निर्वाचन हुने व्यवस्था नाडाको विधानमा छ। 

त्यस्तै साधारण सभाले सात वटै प्रदेशका लागि प्रदेश अध्यक्षहरू पनि चयन गर्नेछ। देशभरबाट नाडाको निर्वाचनका लागि ३३ सय सदस्यले नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने छन्।


प्रकाशित : बुधबार, मंसिर २० २०८०१६:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend