शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नीतिगत परिणामको ‘क्रेडिट’ लिन गभर्नरलाई सांसद वाग्लेको आग्रह, ‘पोलिसी म्याट्रिक्स’ तयार पार्न सुझाव

images
बुधबार, मंसिर २० २०८०
images
नीतिगत परिणामको ‘क्रेडिट’ लिन गभर्नरलाई सांसद वाग्लेको आग्रह, ‘पोलिसी म्याट्रिक्स’ तयार पार्न सुझाव

कुनै नीतिका कारणले गर्दा समस्या पनि आएको हुनसक्ने तर कतिपयका कारणले गर्दा राम्रो पनि भएको हुनसक्ने सम्भावना रहने उनको भनाइ छ। अहिलेको समयमा कुन नीतिको परिणाम के हो र कुनको के हो भनेर राष्ट्र बैंकले म्याट्रिक्स तयार पार्नुपर्ने उनको भनाइ छ।

images
images

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकले केही समयदेखि लिएका नीतिका प्रारम्भिक परिणाम सुखद देखिएकाले यसको विवरण नै बनाएर 'म्याट्रिक्स' तयार पार्न गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिएका छन्। 

images
images
images

संसदको अर्थ समितिको बैठकमा बोल्दै वाग्लेले केही समयदेखि राष्ट्र बैंकले लिएका नीतिका कारणले गर्दा वित्तीय प्रणालीमा सुखद परिणाहरू देखिन थालेको तर यसको स्वामित्व लिएर 'डिफेन्ड' नहुँदा आम सर्वसाधारणमा भ्रम सिर्जना भएको उनले बताए। 

images
images

‘कुन नीतिको परिणाम के आयो भन्ने एउटा चार्ट नै बनाएर यहाँ समितिलाई पनि उपलब्ध गराउनुहोस्, यस्तो म्याट्रिक्स तयार पार्दा आगामी नीति बनाउँदा पनि काम लाग्छ र अहिलेका लागि पनि डिफेन्ड हुन्छ’ वाग्लेले बैठकमा भने। 

images
images

कुनै नीतिका कारणले गर्दा समस्या पनि आएको हुनसक्ने तर कतिपयका कारणले गर्दा राम्रो पनि भएको हुनसक्ने सम्भावना रहने उनको भनाइ छ। अहिलेको समयमा कुन नीतिको परिणाम के हो र कुनको के हो भनेर राष्ट्र बैंकले म्याट्रिक्स तयार पार्नुपर्ने उनको भनाइ छ। 

रास्वपाका  सांसद विराजभक्त श्रेष्ठले राष्ट्र बैंकले अहिलेसम्म राम्रो काम गरेपनि बैंकिङ सेवाले समग्र नेपालको वित्तीय बजारलाई सेवा दिन नसकेको बताए। सहकारी लगायतका वित्तीय क्षेत्रमा देखिएका विचलनले भविष्यमा अझ ठूलो समस्या ल्याउन सक्नेप्रति उनले सचेत गराएका छन्। 

नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले गभर्नरले प्रस्तुत गरेको तथ्यांक कार्यान्वयनमा जोड दिए। उनले ब्याजदर एकल अंकमा झार्नुपर्ने बताए। अर्थ मन्त्रालय, राष्ट्र बैंक र अर्थ समितिले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए।

कांग्रेसकै सांसद रामनाथ अधिकारीले सरकार र राष्ट्र बैंकबीच समन्वयको अभाव भएको मत राखेका छन्। यी दुई निकायबीच आससी समन्वय नहुँदा अर्थतन्त्रमा समस्या परेको उनको भनाइ छ।


प्रकाशित : बुधबार, मंसिर २० २०८०१४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend