सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान दिइने, १८ लाख बजेट विनियोजन

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २० २०८०
images
images
बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान दिइने, १८ लाख बजेट विनियोजन

बाँझो जग्गा भाडामा लिएर घाँसखेती गर्न चाहनेले भने भुइँ घाँसका लागि कम्तीमा पाँच वर्ष र डाले घाँसका लागि कम्तीमा १० वर्ष करार सम्झौता गरेको हुनुपर्ने

images
images

गोरखा- बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ।

images
images

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्षमा जिल्लाभित्र तीन वर्षदेखि बाँझो रहेको जमिनमा भुइँ घाँस तथा डाले घाँसखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागिएको केन्द्रका निमित्त प्रमुख डा शर्मिला कुमालले जानकारी दिइन्।

images
images

कार्यालयले प्रतिरोपनी तीन हजारका दरले किसानलाई अनुदान उपलब्ध गराउने छ। 'बाँझो जग्गामा घाँसखेती प्रवरद्धन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १८ लाख बजेट विनियोजन गरिएको छ, कार्यक्रममार्फत अनुदान लिन चाहनेका लागि आवेदन आह्वान गरिसकिएको छ', निमित्त प्रमुख कुमालले भनिन्।

images
images
images

किसानले घाँसखेती गरेसँगै त्यसको उपयोगिताका बारेमा अध्ययन गरेर अनुदान उपलब्ध गराइने छ। बाँझो जग्गा भाडामा लिएर घाँसखेती गर्न चाहनेले भने भुइँ घाँसका लागि कम्तीमा पाँच वर्ष र डाले घाँसका लागि कम्तीमा १० वर्ष करार सम्झौता गरेको हुनुपर्ने उनले बताइन्।

अनुदानका लागि स्थानीय वडा कार्यालयबाट तीन वर्षदेखि खेतीयोग्य जमिन बाँझो रहेको तथा बाँझो भूमिमा खेती गर्न ‘प्रोत्साहन अनुदानका लागि योग्य’ रहेको सिफारिस निवेदकले आवेदनका साथ पेस गर्नुपर्नेछ।

गोराखा जिल्लामा करिब छ हजार रोपनी बाँझो जमिनमा घाँसखेती गर्ने किसानलाई अनुदान दिने योजना रहेको निमित्त प्रमुख कुमालल बताइन्। बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन मापदण्ड, २०८०  बमोजिम अनुदान कार्यक्रम सञ्चालन गरिनेछ। रासस


प्रकाशित : बुधबार, मंसिर २० २०८०१०:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend