शनिबार, साउन १२ गते २०८१    
images
images
images

एनसेलको सेयर खरिद-बिक्री अस्वभाविक प्रावधान र मूल्यमा भयो, विस्तृत छानबीन हुन्छ : सरकार

images
मंगलबार, मंसिर १९ २०८०
images
images
एनसेलको सेयर खरिद-बिक्री अस्वभाविक प्रावधान र मूल्यमा भयो, विस्तृत छानबीन हुन्छ : सरकार

छानबिनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारवाहीको दायरामा सरकारले प्रतिवद्धता गरेको छ।

images

काठमाडौं- दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर बिक्री प्रकरणका सम्बन्धमा नेपाल सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छ। 

images
images

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारको प्रवक्ता रेखा शर्माले विज्ञप्ति जारी गर्दै सरकारले एनसेलको सेयर खरिद-बिक्रीलाई अस्वभाविक प्रावधान र मूल्यमा भएको प्रारम्भिक ठहर गरेको उल्लेख गरेकी छन्। 

images

नियमअनुसार लिनुपर्ने स्वीकृति नलिई भएको कारोबार सहज र स्वभाविक नभएको सरकारको धारणा छ। 

‘नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न सम्माननीय प्रधानमन्त्रीले मिति २०८० मंसिर १८ गते सम्बन्धित निकायलाई निर्देशन दिइसक्नु भएको छ’ विज्ञप्तिमा उल्लेख छ। 

images

प्रचलित कानूनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गरिने विज्ञप्तिमा जानकारी दिइएको छ। 

छानबिनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानूनबमोजिम कडा कारवाहीको दायरामा ल्याउने सरकारले प्रतिवद्धता गरेको छ। 


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०२१:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend