शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

एनसेलको सेयर खरिद-बिक्री शंकास्पद भएको सत्ता गठबन्धनको ठहर

सरकारलाई अनादर गरेको, नियमविपरीत कारोबार गरेको भन्दै छानबीन गर्ने

images
images
images
एनसेलको सेयर खरिद-बिक्री शंकास्पद भएको सत्ता गठबन्धनको ठहर

एनसेलमा रहेको ८० प्रतिशत सेयर अजियाटाले बिक्री गरेको थियो। यसअघि नै २० प्रतिशत स्थानीय साझेदरका रुपमा रहेका शतिसलाल आचार्यले २ महिनाअघि एक डलर पुँजीमा स्थापना गरेको स्पेक्ट्रोलाइट युकेले खरिद गरेको छ।

images
images

काठमाडौं- एनसेलको सेयर खरिद-बिक्री जालसाझीपूर्ण रहेको सत्ता गठबन्धनले ठहर गरेको छ। एनसेल बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा एनसेलको सेयर कारोबार प्रथम दृष्टिमै जालसाजीपूर्ण रहेकोमा एकमत  देखिएको हो। 

images
images
images

प्रधानमन्त्री दाहालले वालुवाटारमा सरकारमा सहभागी दलका शीर्ष नेतासहित अर्थमन्त्री, सञ्चारमन्त्री, कानूनमन्त्री लगायतसँग छलफलसमेत गरेका   थिए। 

images

प्रधानमन्त्री दाहालले विभिन्न विभागीय कर्मचारीहरूबीच प्रधानमन्त्री निवास वालुवाटारमा एनसेल खरिद बिक्रीमा भएको अनियमितताको विषयमा चासो राखेर छलफल अगाडि बढाएका हुन्। जसमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपालसमेत सहभागी थिए। 

images

सेयर बिक्रीका लागि नियामकको अनुमति लिनुपर्ने नियमको ठाडो उल्लंघन भएको र सरकारको अनादर गरेकाले पनि यो प्रकरण शंकास्पद देखिएको बैठकमा नेताहरूले बताएका थिए। उच्चपदस्थ अधिकारी तथा नेताहरूलाई पनि यसमा मुछ्ने काम हुने भएकाले छानबीन गरेर देशको हितमा काम गर्नुपर्नेमा सबैको समान धारणा रहेको थियो। 

images
images

प्रधानमन्त्री दाहालले देशबाहिर नै एनसेलको ८० प्रतिशत सेयर बिक्री भएपछि चासो व्यक्त गरिरहेका छन्। देशबाहिर नै कारोबार भएकाले यो क्रममा विधि र प्रक्रिया पूरा भए नभएको विषयमा अनुसन्धान गर्न सोमबार नै उनले निर्देशन दिएका थिए। 

प्रचलित कानूनी प्रावधानको पालना भए नभएको, सेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न प्रचण्डले निर्देशन दिएका थिए। सोलगत्तै मंगलबार शीर्ष नेताहरू बोलाएर छलफल गरेका हुन्। 

एनसेलमा रहेको ८० प्रतिशत सेयर अजियाटाले बिक्री गरेको थियो। यसअघि नै २० प्रतिशत स्थानीय साझेदारका रुपमा रहेका शतिसलाल आचार्यले २ महिनाअघि एक डलर पुँजीमा स्थापना गरेको स्पेक्ट्रोलाइट युकेले खरिद गरेको छ।

५ करोड डलर र निश्चित समयका लागि आम्दानी बाँडफाँट हुनेगरी भएको सम्झौतालाई सरकारी निकायहरूले सन्देहका साथ हेरिरहेका छन्। लेखा समितिले पनि यसमा चासो दिएको छ।

images

प्रकाशित : मंगलबार, मंसिर १९ २०८००८:४३

प्रतिक्रिया दिनुहोस