शुक्रबार, फागुन १८ गते २०८०    

लोपोन्मुख पुत्का मौरी संरक्षणमा बाँकेका किसान

images
images
लोपोन्मुख पुत्का मौरी संरक्षणमा बाँकेका किसान

पुत्का मौरीलाई खिलरहित मौरीका रुपमा पनि चिनिन्छ। बाँकेका किसान पुरलुम बस्नेत यसको संरक्षणमा जुटेका छन्।

images

बाँके- लामोसमय मौरीपालन व्यवसायमा लागेका बाँकेको कोहलपुर-११ का पुरमुल बस्नेत आजभोलि लोपोन्मुख पुत्का मौरीको संरक्षण तथा संवर्द्धनमा लागेका छन्। उनले पुत्का जातको रैथाने मौरी संकटमा भएको उल्लेख गर्दै यसले वातावरणीय सन्तुलन कायम गर्न योगदान गर्ने धारणा व्यक्त गरे।

images
images

'मौरीपालक किसानले जति आम्दानीका लागि मेहनत गरेका हुन्छन्, जैविक विविधता संरक्षणमा पनि उसको दायित्व हुन्छ', बस्नेतले भने। लोप हुने अवस्थामा रहेको पुत्का जातको सो मौरीलाई थारु भाषामा ‘मगरासा’र अङ्ग्रेजीमा ‘मेलिपोना’ भनिन्छ। 

images

विश्वभर चार सय प्रजाति रहेको उक्त मौरी नेपालमा कति छ भन्ने विषयमा अनुसन्धान नभएको बस्नेतको भनाइ छ। यसलाई खिलरहित मौरीको रुपमासमेत चिनिन्छ। रैथाने जातको सो मौरीबाट महको उत्पादन गरिएको छैन त्यसलाई बचाउनका लागि मात्रै काम भएको उनले बताए।

images

काठका मुडा र आधुनिक ३० घारमा उनीहरुको बासस्थान बनाइएको छ। 'यो अध्ययनको विषय भएको छ र गाभर भ्यालीमा रैथाने प्रकृतिका घर बनाउनुका साथै सामुदायिक जिन बैंक स्थापना गरेर एग्रो टुरिजमको काम भएको छ', बस्नेतले भने।

images

यसको संरक्षणसँगै उनले भमरा पनि लोप हुन लागेको भन्दै त्यसको संरक्षण गर्न सुरु गरेका छन्। जैविक विविधताका लागि भमराबिना परागशेचन नहुने तर्क गर्दै बस्नेतले अन्य धेरै रैथाने जातका कीट जोखिममा रहेको औँल्याए। उनी भन्छन्, 'एउटा सेतो पाटे भमरा र अर्को कालो भमराको घार बनाएर संरक्षण गरेको छु।'

बस्नेतले लोपोन्मुख मौरीको र भमराका लागि कीट पाठशाला बनाउन आवश्यक छ रहेको बताए। उनले खाग प्रजातिको मौरीको पनि संरक्षण आवश्यक भएकोमा जोड दिँदै रैथाने प्रजाति धेरै कीटको बासस्थान नासिएकोमा चिन्ता व्यक्त गरे। 'पहिले रैथाने हाम्रा घर थिए, धोद्रा रुख हुन्थे, परालका टौवा हुन्थे र भमराको त्यहाँ बासस्थान हुन्थ्यो तर अहिले सबै बासस्थान नासिए त्यही भएर पनि यसको संरक्षण जरुरी भयो', उनले भने।

जिल्लाको कोहलपुरका विभिन्न विद्यालयमा कीटको बासस्थान बनाउन काम गरेको जानकारी दिँदै विसं २०७८ मा पहिलो पटक नेपाल सरकारले ‘पुरमल घरायसी कीट जिंक बैंक’ नामकरण गरी घरमा नै स्थापना गरेर काम सुरु भएको उनको भनाइ छ। उनलाई नार्कको पनि साथ र सहयोग रहेको छ। नार्कले प्राविधिक रुपमा सहयोग गरिरहेको छ।

यसबाहेक बर्दियामा रैथाने पशुको जीन संरक्षण गर्ने र त्यसबाट मल कारखाना सुरु गर्ने तयारीसमेत भएको जानकारी दिँदै बस्नेतले नार्क र माटो विभागले त्यसमा सहयोग पुर्‍याइरहेको बताए। मानिसको क्रियाकलापले वातावरणीय सन्तुलन बिग्रँदा त्यसको असर मौरीमा पनि परेकाले जैविक विविधताको संरक्षण सबैको साझा दायित्व भएको भएको उहाको भनाइ छ।

विसं २०६७ देखि मौरीपालन व्यवसायमा लागेका बस्नेतले मेलिफेरा नामक उन्नत जातको मौरीपालन गरेका छन्। तत्कालीन समयमा दुई घारबाट सुरु भएको उनको मौरीपालन व्यवसाय ९० घारको हाराहारीमा पुगेको छ। उनी भन्छन्, 'एउटा घारबाट मात्रै करिब २० देखि २५ किलो महको उत्पादन हुन्छ।' 

तराईमा चल्ने शीतलहर र तरकारी खेती र तोरीखेतीमा अत्यधिक विषादीको प्रयोगले मौरी प्रभावित भएको उल्लेख गर्दै बस्नेतले हाइब्रिड उत्पादनभन्दा रैथाने जातका बालीबाट महको उत्पादन अर्गानिक र गुणस्तरीय हुने बताए। व्यावसायिक रुपमा मौरीपालन गरेका उनले मौरीपालनमा प्रचुर सम्भावना भएको उल्लेख गर्दै आयआर्जनका लागि पनि सहज भएको बताए। मौरीपालक किसान समूह, बाँकेका अध्यक्षसमेत रहेका बस्नेतले मौरीपालनबाट आयआर्जनको काम गरेको र करिब ९० घार मौरीपालनमा करिब १० लाख लगानी भएको र त्यसबाट वार्षिक पाँच लाख आयआर्जन हुने गरेको उल्लेख गरे।

मौरी चराउन बाँके र बर्दियाका विभिन्न स्थानमा घार नै बोकेर जानुपर्ने बाध्यता भएको जानकारी दिँदै बस्नेतले पहिले मौरी चराउनयोग्य भएको वा नभएको भन्ने विषयमा अध्ययन हुने बताए। 'अहिले मौरी चराउने भनेको तोरी बारीमा हो, यसको याम  पनि छ', बस्नेतले भने। बाँकेमा केही किसान मात्रै मौरीपालन व्यवसायमा छन्।

जिल्लालाई मौरीको चरन क्षेत्रका हिसाबले उत्कृष्ट मानिए पनि बढी जाडो र बढी गर्मी हुने भएकाले मौरीपालनका हिसाबले राम्रो नभएको किसान बताउँछन्। कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सकिल अहमद यसवर्ष मौरीपालनको कार्यक्रम जिल्लामा नरहेको उल्लेख गर्दै किसानको माग नआएको बताए। रासस


प्रकाशित : मंगलबार, मंसिर १९ २०८००४:४२

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ