शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

किन उही बिन्दु वरपर घुमिरहेको छ सेयर बजार? अबको बाटो कता?

images
मंगलबार, मंसिर १९ २०८०
images
किन उही बिन्दु वरपर घुमिरहेको छ सेयर बजार? अबको बाटो कता?
images
images

काठमाडौं- लगातार उही बिन्दु वरपर घुमिरहेको सेयर बजारमा एक दिनको उछाल र लामो समय सामान्य गिरावटको अवस्था देखिएको छ। लगानीकर्ताले विश्वासको आधार नभेटेको बजारमा सुधारको अपेक्षा सार्थक हुन सकिरहेको छैन।

images
images
images

केही दिनको उछाल र केही दिनको गिरावटबीच उतारचढाव भइरहेको बजार अहिले भने तलतिर लागेको छ। बढी सहभागितामूलक हुँदै गइरहेको भनिएको सेयर बजारमा केही सीमितको चलखेल चलिरहँदा बजारमा प्राकृतिक घटबढ देखिन नसकेको विश्लेषकहरू बताउँछन्।

images
images

अर्थतन्त्रका अन्य सूचकहरूमा सुधार हुँदा पनि सेयर बजार वृद्धितर्फ जान नसकेको विश्लेषण भइरहँदा बजार उतारचढावमा नै देखिएको हो। अहिलेको अवस्थामा अब ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले मात्र थप सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्।

images
images

गएको साता आइतबार ४७ अंकले बढेको बजार त्यसपछिका चार कारोबारमा ४९ अंकले घटेको थियो। यो साता पनि लगातार तीन कारोबारमा बजार घटेको छ। आइतबार ७.२९ अंकले घटेको बजार सोमबार ३.४२ अंकले घटेको थियो। मंगलबार पुन: १०.१० अंकले घटेर बजार १८३७.७१ बिन्दुमा झरेको छ। ६२ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ अर्ब ५४ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ।

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढाव भइरहेको हो। बजारको अहिलेको उतारचढावपूर्ण अवस्थामा लगानीकर्ताहरू अझै पर्ख र हेरको सोचमा नै छन्। अहिलेसम्मको अवस्था पनि पुँजीबजारमा ढुक्क भएर लगानीगर्न सक्नेगरी लगानीकर्तामैत्री देखिएको छैन।

बजारको आकार, लगानीकर्ताको संख्या र कारोबार बढिरहँदा नियामकीय क्षमता भने त्यसअनुरूप नबढेको र अहिलेकै अवस्थामा ठूलो सुधारको अपेक्षा गर्न नसकिने संगठित लगानीकर्ताहरूले बताउने गरेका छन्। नियामकीय तालमेलको अभाव भइरहेको उनीहरूको भनाइ छ। 

चलखेलमा रमाउने ठूला लगानीकर्ताहरूले बजार बढाउँदा बढेको बजारमा उत्साही भएर पस्ने र बजार ओरालो लाग्दा आत्तिएर मेसो नपाउने साना लगानीकर्ता मारमा परिरहेको विश्लेषकहरू बताउँछन्। बढेको बिन्दुमा बजार प्रवेश गरेर अतालिएका साना लगानीकर्तामाझ भ्रम छर्ने र छोटो समयका लागि उतारचढाव बनाइरहने गर्नाले बजारले सुधारको स्थायी आधार नभेटेको उनीहरूको भनाइ छ। 

छोटो समयका लगानीगर्नेहरूले घटेको दिन किन्ने र बढेको दिन पुनः बिक्री गर्ने गरेका छन्। तर दीर्घकालीन लगानीकर्ताहरूले धेरै सेयर सस्तोमा किनेर बिक्री गर्दै आएका छन्। 

२०७८ भदौ २ गते ३१९९ को उच्च बिन्दुमा पुगेर घटेको बजार अहिले पुनः १९०० वरपर घुमेर बसेको छ। विश्लेषकहरूको बुझाइमा यो बजार अझै १९०० देखि २००० को बिन्दुमा केही महिना रहने देखिएको छ।

अहिलेको सेयर बजारमा पुरानो लगानी उठाउन नसके पनि छोटो समयको ट्रेडिङ गर्नेहरूका लागि भने अवसर भएको छ। सस्तोमा किनेर लामो समय राख्नेहरूलाई पनि मौका आएको विश्लेषकहरू बताउँछन्।

अर्थतन्त्रमा सुधारको अवस्था देखिइरहँदा पनि सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। अब आउने समयमा पनि सेयर बजारमा उल्लेख्य वृद्धि आउने अवस्था नरहेको उनीहरूको भनाइ छ। 


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०१५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend