काइठमाडौं- प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एनसेलको सेयर बिक्रीका सम्बन्धमा चासो राखेको छ।
अजियाटाले एनसेलमा रहेको ८० प्रतिशत सेयर बिक्री गर्ने सम्झौता गरिसकेको छ। स्पेक्ट्रोलाइट युकेलाई अजियाटाले खरिद गरेको छ। ५ करोड अमेरिकी डलरमा सेयर बिक्रीको सम्झौता भएपछि संकास्पद रुपमा लिइएको छ।
वर्षमा अर्बौं नाफा गर्दै आएको कम्पनीको ८० प्रतिशत सेयर नै न्यून मूल्यमा कारोबार भएको भन्दै यसमा प्रश्न उठिरहेको छ। यही विषयमा लेखा समितिले नेपाल दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालयलाई प्रश्न सोधेको छ।
सेयर कारोबारका विषयमा विभिन्न विषय उठेकाले त्यसका बारेमा के कस्तो भएको हो भनेर सम्बन्धित सरोकारवालाहरूलाई जवाफ मागिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।