बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इच्छाराज तामाङविरुद्ध ५ अर्ब ५९ करोड बिगो दाबीसँगै ८ वर्ष कैद 

शुक्रबार, मंसिर १० २०७८
इच्छाराज तामाङविरुद्ध ५ अर्ब ५९ करोड बिगो दाबीसँगै ८ वर्ष कैद 

अहिलेसम्म एक हजार ४ सय ८७ जनाले ठगी गरेको भन्दै उजुरी दिएको आधारमा प्रतिवेदन तयार गरिए प्रहरीको भनाइ छ।

काठमाडौं- संगठित अपराध र ठगी मुद्धामा मुछिएका सिभिल ग्रुपमाम अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय ब्यूरो (सीआईबी)ले पूरा गरेर सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ।

प्रहरीले बिहीबार बुझाएको प्रतिवेदनमा ८ वर्ष कैद र बिगो बराबर ५ अर्ब ५९ करोड जरिवाना माग गर्नुपर्ने सुझाव दिइएको छ।

बिहीबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको सीआईबी प्रवक्ता श्यामकुमार महतोले बताए। प्रहरीले करिब दुई महिना लामो अनुसन्धानपछि प्रतिवेदन बुझाएको हो।

तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो।  अहिलेसम्म एक हजार ४ सय ८७ जनाले ठगी गरेको भन्दै उजुरी दिएको आधारमा प्रतिवेदन तयार गरिए प्रहरीको भनाइ छ।

उनीसहित अरु १२ जना पनि पक्राउ परेका थिए। २४ जना फराहर रहेको छन्। जसमा तमाङ, उनकी श्रीमती र केशवलाल श्रेष्ठलाई मुख्य प्रतिवादी र अन्यलाई मतियार ठहर गर्दै प्रतिवेदन बुझाएको हो। ठगी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका तामाङको संगठित ठगी उजागर भएपछि संगठित अपराधमा समेत अनुसन्धान अघि बढाइएको थियो। 


प्रकाशित : शुक्रबार, मंसिर १० २०७८११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend