शनिबार, साउन १२ गते २०८१    
images
images
images

निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई नेपाल उद्योग परिसंघको सम्मान

images
आइतबार, मंसिर १७ २०८०
images
images
निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई नेपाल उद्योग परिसंघको सम्मान

परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो। सम्मानित १४ मध्ये ११ नेपाल उद्योग परिसंघका सदस्यहरु हुन्।

images

काठमाडौं- नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरुलाई सम्मान गरेको छ।

images
images

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो। सम्मानितमध्ये २ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन्। परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो। सम्मानित १४ मध्ये ११ नेपाल उद्योग परिसंघका सदस्यहरु हुन्। 

images

राष्ट्रिय कर दिवस २०८० को अवसरमा आर्थिक वर्ष २०७८/७९ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता डाबर नेपाल प्रालि, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने एसियन पेन्टस् प्रालि, कृषि एवं पशुपक्षीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओसीबी फुड्स एण्ड फिड्स प्रालिलाई परिसंघले सम्मान गरेको हो।

यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये ग्लोबल आईएमई बैंक लिमिटेड, बीमा व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन प्रा.लिलाई परिसंघले सम्मान गरिएको छ।

images

यसैगरी, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने भोटेकोशी पावर कम्पनी प्रालि, रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी कर तिर्ने आईएमई लिमिटेड, व्यक्तिगत आय तर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने सूर्य नेपाल प्रालिलाई परिसंघले सम्मान गरेको छ।

आज परिसंघ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरेका हुन्। उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए। यो योगदानको कदर गर्दै निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रुपमा उच्च करदातालाई परिसंघले सम्मान गरेको उनले बताए। 

उनले सरकारबाट सम्मानित उच्च करदातामा निजी क्षेत्रमध्येबाट करिब ७० प्रतिशत परिसंघ सदस्यहरु रहेकोमा परिसंघले गर्व महसुस गरिरहेको बताए। साथै उनले आगामी वर्षमा समेत यो सफलताका लागि शुभकामना व्यक्त गरे।

कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ मा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिरेका परिसंघ गभर्निङ काउन्सिलका सदस्य विजयकुमार शाहले सम्मानित सबैलाई बधाई दिए। कोभिड महामारी, चुनौतीपूर्ण अर्थतन्त्रका बाबजुद सरकारलाई उच्च कर बुझाउन सकेकोमा आफूले गौरव महसुस गरिरहेको बताए। उच्च करदाताको रुपमा सम्मान गर्ने नेपाल सरकार एवं परिसंघलाई उनले धन्यवाद व्यक्त गरे।

कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल सदस्य अनुज अग्रवाल, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, हेम राज ढकाल, अमित मोर, पदाधिकारी सदस्य सन्दिप शारडा, परिसंघको विभिन्न समिति, काउन्सिल तथा फोरमका सभापतिहरु सहभागी थिए। 


प्रकाशित : आइतबार, मंसिर १७ २०८०१७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend