बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

सांघाई फ्याक्ट्रीको क्षमता बढाउन टेस्लाले १८ करोड डलर लगानी थप्दै

images
आइतबार, मंसिर १२ २०७८
images
images
सांघाई फ्याक्ट्रीको क्षमता बढाउन टेस्लाले १८ करोड डलर लगानी थप्दै

हाल सो प्लान्टबाट टेस्लाका मोडल थ्री र मोडल वाई दुई मोडल गरि वार्षिक ४ लाख ५० हजार वटा उत्पादन हुँदै आएको छ।

images
images

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले अमेरिका पछि चीनमा पहिलो गिगाफ्याक्ट्री स्थापना गरेको थियो। उक्त प्याट्री विस्तारका लागि टेस्ला इंकले लगानी थप गर्ने भएको छ। 

images
images

टेस्लाले सांघाई प्लान्टमा १ अर्ब २० करोड युआन (१८ करोड ७९ लाख १० हजार अमेरिकी डलर) लगानी थप गर्ने भएको हो। सो लगानीले उक्त प्लान्टमा ४ हजारभन्दा बढीको रोजगारी थपिने बेइजिङ डेल्लीले लेखेको रोयटर्सले उल्लेख गरेको छ। योसँगै सांघाई प्लान्टमा रोजगारी पाउनेको संख्या १९ हजार पुग्नेछ। 

images
images

टेस्ला सांघाई प्लान्ट वार्षिक ५ लाख कार उत्पादन गर्ने क्षमतामा डिजाइन गरिएको हो। हाल सो प्लान्टबाट टेस्लाका मोडल थ्री र मोडल वाई दुई मोडल गरि वार्षिक ४ लाख ५० हजार वटा उत्पादन हुँदै आएको छ। 

images
images

केही समययता चीनमा भने टेस्लाको कार बिक्रीमा केही कमी आएको छ। टेस्लाका केही कारमा सेफ्टी एन्ड सेक्युरिटीमा समस्या आएकाले बिक्री घटेको हुनसक्ने अनुमान गरिएको छ। तर टेस्लाले समस्या समाधानका लागि बेइजिङमै रिसर्च सेन्टर तथा अलगै डाटा सेन्टर स्थापना गर्ने घोषणा गरिसकेको छ। 

पछिल्लो पटक टेस्लाले सांघाई प्लान्टमा बनेको माोडल थ्री युरोप निर्यात गरेको थियो। टेस्लाले युरोपेली बजारलाई लक्षित गरि जर्मनीमा समेत प्लान्ट बनाइ रहेको छ।

टेस्लाले अक्टोबरमा सांघाई प्लान्टमा उत्पादित ५४ हजार ३ सय ९१ वटा कार बिक्री गरेकोमा ४० हजार ६ सय ६६ वटा कार निर्यात गरेको थियो।  


प्रकाशित : आइतबार, मंसिर १२ २०७८०२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend