बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जाजरकोट भूकम्पपीडितका लागि हुवावेद्वारा राहत सामग्री हस्तान्तरण

आइतबार, मंसिर १७ २०८०
जाजरकोट भूकम्पपीडितका लागि हुवावेद्वारा राहत सामग्री हस्तान्तरण

हुवावेले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितहरूलाई पाल, कम्बल, स्लीपिङ झोलाजस्ता सामग्रीहरू सहयोग गरेको हो।

काठमाडौं- हुवावेले जाजरकोट भूकम्पपीडितका लागि राहत सामग्री सहयोग गरेको छ। कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितहरूलाई पाल, कम्बल, स्लीपिङ झोलाजस्ता सामग्रीहरू सहयोग गरेको हो।

हुवावे नेपालका सीईओ ह्वाङ जुन, पीआर निर्देशक झाङ लिआङ र डिजिटल एम्पावरमेन्ट सोसाइटीको उपस्थितिमा सञ्चार मन्त्रालयमा मन्त्री रेखा शर्मालाई राहत सामग्री हस्तान्तरण गरिएको हो।

हुवावेले यी राहत सामग्रीहरू विपदबाट प्रभावितहरूलाई तत्काल सहायता र सान्त्वना प्रदान गर्न, उनीहरूको आधारभूत आवश्यकताहरू सम्बोधन गर्न र चुनौतीपूर्ण समयमा केही राहत प्रदान गर्न महत्त्वपूर्ण रहेको विश्वास लिएको छ।

भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार साइटहरू कायम राख्न २४/७ नेटवर्क सेवा प्रदान गर्न हुवावे समर्पित रहेको भन्दै कम्पनीले  तुरुन्त भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई निरन्तर सुचारु अवस्थामा राख्न आफ्नो प्राविधिक टिमलाई स्ट्यान्डबाइ राखेको जनाएको छ।

राहत सामग्री हस्तान्तरणपछि हुवावे नेपालका सीईओ ह्वाङ जुनले भने, 'हामी नेपालका लागि नेपालमा छौँ। सञ्चार पूर्वाधारहरू सञ्चालनमा रहन, उद्धार र राहतको समन्वयलाई सहज बनाउन हुवावे नेपालबाट निरन्तर सहयोग हुनेछ।'

यस्तै सञ्चारमन्त्री शर्माले नेपालको दूरसञ्चार क्षेत्रमा हुवावेले गरेको योगदानको कदर नेपालले गर्ने बताइन्।

हुवावेले यस कठिन समयमा नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको र पुनः निर्माणको लागि सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ। साथै प्राविधिक सहयोग, पूर्वाधार मर्मतसम्भार र प्रत्यक्ष राहत प्रयासहरूसहित एक जिम्मेवार कर्पोरेट र भूकम्पपछिको राहत तथा उद्धारको अभियानमा नेपालको भरपर्दो साझेदार बन्ने प्रतिबद्धता व्यक्त गरको छ।


प्रकाशित : आइतबार, मंसिर १७ २०८०१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend