शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

५ खर्ब ४० अर्ब अधिक तरलताको चापमा बैंकिङ प्रणाली, कर्जा प्रवाह नबढेपछि तरलता खिच्दै राष्ट्र बैंक

कर्जा निक्षेप अनुपात ८०.९२ प्रतिशतमा झर्‍यो

images
आइतबार, मंसिर १७ २०८०
images
५ खर्ब ४० अर्ब अधिक तरलताको चापमा बैंकिङ प्रणाली, कर्जा प्रवाह नबढेपछि तरलता खिच्दै राष्ट्र बैंक
images
images

काठमाडौं- पछिल्लो समय नेपालको बैंकिङ प्रणाली अधिक लगानीयोग्य रकम (तरलता) को चापमा छ। प्रणालीमा ५ खर्ब ४० अर्ब रुपैयाँ लगानीयोग्य रकम भएपनि कर्जा प्रवाह बढ्न नसक्दा बैंकहरूको औषत कर्जा निक्षेप अनुपात (सीडी) ८०.९२ प्रतिशतमा झरेको छ।

images
images
images

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले तोकेको कर्जा निक्षेप अनुपातको सीमाभन्दा करिब ९ प्रतिशत कम रहेकाले बैंक वित्तीय संस्थाहरूसँग अधिक कर्जा प्रवाह गर्ने क्षमता रहेको देखिन्छ।

images
images

राष्ट्र बैंकको पछिल्लो तथ्यांकनुसार बैंक वित्तीय संस्थाहरूले कुल ५९ खर्ब ४९ अर्ब निक्षेप संकलन गरेर कुल ४९ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। 

images
images

प्रणालीमा अधिक तरलता बढेसँगै बैंकहरूको अन्तर बैंकिङ ब्याजदरसमेत न्यून बिन्दुमा झरेको छ। राष्ट्र बैंकले ब्याजदर कोरिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ४.५ प्रतिशत तोकेपनि हाल अन्तरबैंक ब्याजदर १.४८ प्रतिशतमा झरेको छ।

प्रणालीमा देखिएको अधिक तरलता र घट्दो अन्तर बैंक ब्याजदरलाई ध्यानमा राखेर राष्ट्र बैंकले प्रणालीबाट तरलता खिच्न थालेको छ।

चालु आर्थिक वर्षको सुरुवातबाटै प्रणालीमा अधिक तरलता भएपनि राष्ट्र बैंकले तरलता प्रशोचन गर्न रिभर्स रिपोको प्रयोग गरेको थिएन।

पहिलो त्रैमासभरी राष्ट्र बैंकले विकास ऋणपत्र र ट्रेजरी बिलमार्फत सरकारलाई ९७ खर्ब ३७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो।

ब्याजदर कोरिडोरअनुसार अन्तर बैंक ब्याजदर नीतिगतदरभन्दा माथि जाने अवस्थामा आएमा राष्ट्र बैंकले रिपोमार्फत प्रणालीमा तरलता इन्जेक्ट गर्नुपर्ने हुन्छ।

यस्तै अन्तर बैंक ब्याजदर निक्षेप संकलनदरभन्दा तल झर्ने अवस्था आएमा राष्ट्र बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दछ। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ब्याजदर कोरिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ७.५ प्रतिशत, नीतिगत दर ६.५ प्रतिशत र निक्षेप संकलन दर ४.५ प्रतिशत तोकेको छ। 

प्रणालीमा अधिक लगानीयोग्य रकम भएपनि मंसिर ५ गतेसम्म निक्षेप संकलन दरलाई प्रयोगमा ल्याएको थिए तर मंसिर ६ गतेदेखि भने ७ दिने रिभर्स रिपो जारी गर्दै प्रणालीबाट धमाधम तरलता प्रशोचन गर्न थालेको छ।

राष्ट्र बैंकले मंसिर ६ गते १० अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ, मंसिर १४ गते १५ अर्ब रुपैयाँ र मंसिर १७ गते १० अर्ब रुपैयाँ गरी कुल ४५ अर्ब रुपैयाँ प्रणालीबाट तरलता खिचेको छ। 

प्रणालीमा भएको अधिक तरलताका कारण ट्रेजरी बिलको ब्याजदर समेत घट्न थालेको छ। उक्त घटेको ब्याजदरलाई सदुपयोग गर्दै राष्ट्र ट्रेजरी बिल धमाधम नवीकरण गरिरहेको छ। 

राष्ट्र बैंकले गरेको पछिल्लो बोलकबोलका आधारमा २८ दिने ट्रेजरी बिलको ब्याजदर १.७३ प्रतिशत, ९१ दिने ट्रेजरी बिलको ब्याजदर ३.९१ प्रतिशत, १८२ दिने ट्रेजरी बिलको ब्याजदर ३.८७ प्रतिशत र ३६४ दिने ट्रेजरी बिलको ब्याजदर ४.६३ प्रतिशत कायम भएको छ।


प्रकाशित : आइतबार, मंसिर १७ २०८०१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend