शनिबार, साउन १२ गते २०८१    
images
images
images

अनुमति नलिइ खरिद-बिक्री सम्झौताका बारेमा एनसेलका सीईओलाई स्पष्टीकरण सोध्दै प्राधिकरण

images
आइतबार, मंसिर १७ २०८०
images
images
अनुमति नलिइ खरिद-बिक्री सम्झौताका बारेमा एनसेलका सीईओलाई स्पष्टीकरण सोध्दै प्राधिकरण

प्राधिकरणले आज कार्यालय समय सुरू भएपछि एनसेलका सीईओलाई स्पष्टीकरण सोध्नेछ।

images

काठमाडौं- सेयर खरिद बिक्रीका सम्बन्धमा कानूनी व्यवस्था उल्लंघन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले एनसेलका प्रमुख कार्यकारी अधिकृतलाई स्पष्टीकरण सोध्ने भएको छ। 

images
images

दूरसञ्चार कम्पनी एनसेलमा रहेको ८० प्रतिशत सेयर बिक्री गर्ने सम्झौता सार्वजनिक भइसकेको छ। अजियाटाले आफ्नो नियन्त्रणमा रहेको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रोलाइटलाई बिक्री गर्ने सम्झौता भएको छ।

images

स्वामित्व परिवर्तनका लागि भएको यो खरिदबिक्री सम्झौतामात्र होइन एनसेलकै प्रमुख कर्यकारी अधिकृतले पनि यसमा सार्वजनिक प्रतिक्रिया दिइसकेका छन्।

सम्झौताको खबर सार्वजनिक भएसँगै एनसेलले जारी गरेको प्रेस विज्ञप्तिमा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले स्वामित्व परिवर्तनपछि पनि सेवा प्रवाह अझ प्रभावकारी हुने बताएका छन्। उनले स्वामित्व परिवर्तनका बारेमा औपचारिक प्रतिक्रिया दिइसकेका छन्।

images

यही विषयलाई लिएर नेपाल दूरसञ्चार प्राधिकरणले प्रष्टीकरण माग गर्ने भएको छ। कुनै पनि दूरसञ्चार कम्पनीको ५ प्रतिशतभन्दा बढीको स्वामित्व परिवर्तन हुँदा वा नियन्त्रण परिवर्तन हुँदा त्यसको पूर्वजानकारी वा अनुमति प्राधिकरणबाट लिनुपर्ने व्यवस्था भएको छ।

एनसेलको सेयर बिक्री गर्ने खबर सार्वजनिक भएपछि नै प्राधिकरणले पत्र पठाएर यसका बारेमा अवगत गराएको थियो। तर खरिदबिक्री सम्झौता नै एनसेलका सीईओले सार्वजनिक गरेपछि भने कानूनी व्यवस्थाको परिपालना किन नगरेको भन्दै प्राधिकरणले स्पष्टीकरण माग गर्ने भएको छ।

सेयर खरिदबिक्रीको सम्झौता भएपनि नियम तथा कानूनअनुसार नियामक प्राधिकरणको अनुमति लिएको छैन।

दूरसञ्चार नियामावली २०५४ को १५ ट अनुसार ५ प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ। नियमावलीको व्यवस्था अनुसार अनुमति नलिएको तर खरिदबिक्रीको सम्झौता भइसकेको भन्दै सीईओलाई स्पष्टीकरण सोधिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए।

शुक्रबार राति एनसेलका सीईओले सार्वजनिक प्रेसमै अभिव्यक्ति दिएको तर त्यसअघि नियमअनुसार स्वीकृति नलिएको विषयमा आइतबार उनलाई स्पष्टीकरण सोधिने उनले जानकारी दिए। 

प्राधिकरणले आज कार्यालय समय सुरू भएपछि एनसेलका सीईओलाई स्पष्टीकरण सोध्नेछ। 


प्रकाशित : आइतबार, मंसिर १७ २०८००५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend