शनिबार, साउन १२ गते २०८१    
images
images
images

स्थानीय साझेदार सतिसलालकै कम्पनी स्पेक्ट्रलाइट युकेले किन्यो एनसेलको बाँकी ८० प्रतिशत सेयर 

images
शुक्रबार, मंसिर १५ २०८०
images
images
स्थानीय साझेदार सतिसलालकै कम्पनी स्पेक्ट्रलाइट युकेले किन्यो एनसेलको बाँकी ८० प्रतिशत सेयर 

अजियाटाले बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको छ। 

images

काठमाडौं- अजियाटा समूहको नाममा रहेको  ८० प्रतिशत सेयर स्थानीय साझेदार सतिशलाल आचार्यकै कम्पनीले खरिद गरेको छ। 

images
images

अजियाटाले बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको छ। अजियाटा समूहले विज्ञप्ति जारी गर्दै रेनल्ड होल्डिङको नाममा रहेको सेयर खरिद गरेको उल्लेख गरिएको छ।

images

बुधबार अजियाटा समूहले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो। व्यवसायिक चुनौती बढेको भन्दै अजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको हो। 

यसअघि पनि स्वीडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो। अजियाटा एनसेलको नाममा रहेको रियोन्डस होल्डिङको ८० प्रतिशत सेयर बिक्री गर्न लागेको हो। 

images

नेपालको कर नीति र नियमनमा रहेको अनिश्चिताका कारण अजियाटा बाहिने निर्णय गरेको हो। सन २०१६ मा अजियटाले टेलिया सोनेराको सेयर खरिद गरेर एनसेलमा प्रवेश गरेको थियो।

त्यसबेला टेलिया सोनेराको ८० प्रतिशत सेयर अजियाटाले १ खर्ब ४४ अर्ब रुपैयाँमा किनेको थियो। 

उक्त समयमा पनि खरिद बिक्री प्रकृया बेलायतमा भएको थियो। सो खरिदमा पुँजीगत लाभ कर छली भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो।

सर्वोच्च अदालतले जुनसुकै कम्पनीले सेयर खरिद बिक्री गरेपनि एनसेलले नेपाल सरकारलाई पुँजीगत लाभ कर तिर्नुपर्ने भन्दै करसमेत निर्धारण गरेको थियो। सर्वोच्चको निर्णय पश्चात एनसेलले सरकारलाई आधा खर्बभन्दा बढी कर तिरेको थियो।


प्रकाशित : शुक्रबार, मंसिर १५ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend