आइतबार, मंसिर ९ गते २०८१    
images
images

टेस्ला साइबरट्रकको सुरुवाती मूल्य ६० हजार ९ सय ९० डलर, अनुमानभन्दा ५० प्रतिशत बढी 

images
शुक्रबार, मंसिर १५ २०८०
images
images
टेस्ला साइबरट्रकको सुरुवाती मूल्य ६० हजार ९ सय ९० डलर, अनुमानभन्दा ५० प्रतिशत बढी 

साइबरट्रक तीन मेरियन्टमा सार्वजनिक भएको र ६० हजार ९ सय ९० डलरदेखि ९९ हजार ९ सय ९० डलरसम्म मूल्य तय भएको छ। 

images
images

काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंकले उत्पादन गरेको बहुप्रतिक्षित साइबरट्रक उपभोक्तालाई हस्तान्तरण सुरु भएको छ। टेस्लाले साइबरट्रकको मूल्य ६० हजार ९ सय ९० डलर तोकेको छ। 

images
images
images

टेस्ला सीईओ एलन मस्कले २०१९ मा साइबरट्रकको प्रोटोटाइप सार्वजनिक गर्दा भनेको अनुमानित मूल्यभन्दा ५० प्रतिशत बढी वास्तविक मूल्य तय भएको छ। 

images

साइबरट्रक तीन मेरियन्टमा सार्वजनिक भएको र ६० हजार ९ सय ९० डलरदेखि ९९ हजार ९ सय ९० डलरसम्म मूल्य तय भएको छ। 

images

२०१९ मा मस्कले साइबरट्रकको मूल्य ४० हजार डलरबाट सुरु हुने बताएका थिए। त्यतिबेला साइबरट्रक २०२१ मा बजारमा आउने उल्लेख गरिएको छ। उक्त समयमा टेस्लाले १ हजार डलर लिएर साइबरट्रक बुकिङ गरिएको थियो। 

दुई वर्षअघि बजारमा आउने र त्यो निक्कै चर्चा बटुलेको विद्युतीय पिकअप ट्रक हो साइबरट्रक। अमेरिकी बजारमा फोर्डको एफ१५० लाइटनिङ, रिभियनको आरवानटी र जनरल मोटर्सको हमर ईभीसँग साइबरट्रकले प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ।

टेस्लाले बनाउने भनेर घोषणा गर्दै बुकिङ समेत लिएको साइबरट्रक नोभेम्बर ३० मा बल्ल सीमित उपभोक्तालाई हस्तान्तरण गरिएको हो। २०१९ देखि नै चर्चामा रहेको साइबरट्रकको प्रोटोटाइप सार्वजनिक गर्दै कम्पनीले २०२१ मा बजारमा ल्याउने बताएको थियो। 

टेस्ला साइबरट्रक अगस्टसम्मको सर्वाधिक बुकिङ हुने कार बनेको थियो। २०२१ सम्ममा विश्वभर १३ लाख वटाभन्दा बढी साइबरट्रक बुकिङ भएको साइबरट्रक अहिले १५ लाखभन्दा धेरै भइसकेको छ। १३ लाख वटाको मूल्य करिब ८० अर्ब अमेरिकी डलर बराबरको थियो भने १५ लाखको करिब १ खर्ब डलर हुने अनुमान गरिएको छ। 

tesla cibertruck.PNG

टेस्लाले २०१९ को नोभेम्बरमा पहिलो पटक साइबरट्रक सोकेस गरेको थियो। त्यतिबेला टेस्लाले साइबरट्रक ब्याट्रीबाट चल्ने विद्युतीय पिकअप हुने र यसको पर्फमेन्स स्पोर्टस कारको जस्तो हुने बताएको थियो। सुरुवाती प्रोटोटाइपको तुलनामा टेस्लाले साइबरट्रकमा धेरै नै परिमार्जन गरेको छ। 

टेस्लाले साइबरट्रक बुक गर्ने उपभोक्ताबाट १ हजार डलर लिएको थियो। २०२१ सम्म १३ लाख वटा साइबरट्रक बुक गर्दा टेस्लाले १ अर्ब ३० करोड डलर यसअघि नै उपभोक्ताबाट उठाइसकेको छ। टेस्लाले साइबरट्रकको बुकिङ खोलेको पहिलो साता नै २ लाख ५० हजार वटा बुक भएको थियो। 

साइबरट्रकले एक पटकको फुल चार्जमा ५ सय ४७ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ। यसमा ब्याट्री थपेर रेन्ज बढाउँदा ८ सय किलोमिटरसम्म बनाउन सकिनेछ। २०२५ सम्म वार्षिक २ लाख ५० हजारवटासम्म साइबरट्रक उत्पादन हुने मस्कले बताएका छन्। 


प्रकाशित : शुक्रबार, मंसिर १५ २०८००७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend