शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

महाकाली पक्की पुल : जसले नागरिकलाई रोजगारीसँग जोड्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १५ २०८०
images
images
महाकाली पक्की पुल : जसले नागरिकलाई रोजगारीसँग जोड्यो

महाकालीमा पक्की पुल निर्माण भएसँगै दोधारा चाँदनी सदरमुकाम महेन्द्रनगरसँग जोडिएको मात्रै छैन, पुलले यहाँका स्थानीयलाई रोजगारीको ढोका पनि खोलेको छ।

images
images

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ का ५५ वर्षीय कृष्णदत्त पन्त तीन वर्षअघि बेरोजगार थिए। उनी फुर्सदिलो समयमा पशुचौपाया चराउने काम गर्थे। हाल कृष्णदत्तको दैनिकी फेरिएको छ। महाकाली नदीमा पक्की पुल निर्माणका साथै दोधारा चाँदनीको ग्रामीण क्षेत्र सडक सञ्जाल पुगेपछि उनी रोजगारीमा जोडिएका हुन्।

images
images

'पक्की पुल बनेपछि अटो किनेर चलाइरहेको छुँ, राम्रो आम्दानी छ', उनले भने, 'दोधारा चाँदनीका साथै महेन्द्रनगरसम्मै यात्रु बोकिन्छ।' महाकाली पक्की पुलसँगै दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाहसम्मको पहुँचमार्गमा पर्ने जमिनको मुआब्जा पाएपछि कृष्णदत्तको दैनिकी फेरिँदै गएको छ।

images
images

मुआब्जाबापत पाएको रकमले उनले घर निर्माण गरेका छन्। त्यहीँ घरमा एउटा किराना पसल थापेका छन्, दुई भैँसी पालिरहेका उनी दूध पनि बेच्छन्। 'पुल निर्माण भएपछि हामीलाई निकै सहज भएको छ। रोजगारी नहुँदा जीविकोपार्जन गर्न हम्मेहम्मे पर्थ्यो', उनले भने, 'हाल घरमै रोजगारी पाएका छौँ।'

images
images

उनका अनुसार पाँच कठ्ठा जमिनको ४० लाख रुपैयाँ मुआब्जा पाएका थिए। दोधारा चाँदनी-१ मा अहिले उनको सात कठ्ठा जमिन बाँकी छ। अटोबाट यात्रु बोकेर दैनिक दुई हजार आम्दानी हुने गरेको कृष्णदत्तको भनाइ छ। 'सहकारीलाई दूध बेच्छौँ। सडक बनेपछि घरमै आएर ५० मा सहकारीले दूध लैजान्छन्', उनले भने।

महाकालीमा पक्की पुल निर्माण भएपछि कृष्णदत्तसँगै दोधारा चाँदनीका १० जनाले अटो किनेका थिए। अहिले दोधारा चाँदनीमा अटो व्यवसाय गर्नेको सङ्ख्या बढ्दो रहेको उनको भनाइ छ। दोधारा चाँदनी-१ का धनबहादुर बम चार वर्षअघिसम्म काम गर्न भारत जान्थे। केही वर्ष भारतमा काम गरेका उनले कोरोना महामारीका बेला घरमै बाख्रापालन गरे।

त्यतिबेलासम्म दोधारा चाँदनीको ग्रामीण सडक कालोपत्र भइसकेको थियो। त्यसपछि चिया नास्ताको होटल व्यवसाय थालेका उनले मनग्य आम्दानी गर्दै आएका छन्। 'यहाँ बाटो नहुँदा निकै समस्या थियो। गडिगोठको बाटो प्रयोग गर्दा भारतीयले सास्ती गर्थे', उनले भने, 'पक्की पुलसँगै कालोपत्र बाटो बनेपछि मानिसको भीडभाड पनि बढेको छ। व्यापार पनि राम्रो छ।'

महाकालीमा पक्की पुल निर्माण भएसँगै दोधारा चाँदनी सदरमुकाम महेन्द्रनगरसँग जोडिएको मात्रै छैन, पुलले यहाँका स्थानीयलाई रोजगारीको ढोका पनि खोलेको छ।

दोधारा चाँदनी झोलुङ्गे पुलमा दुई पाङ्ग्रे सवारीसाधनमात्रै चल्ने गरेका छन्। महाकालीमा पक्की पुल नहुँदा दोधारा चाँदनीका स्थानीय भारतीय बाटोको प्रयोग गरेर शारदा ब्यारेज भएर महेन्द्रनगर आउजाउ गर्ने गरेका थिए। पक्की पुल निर्माणले भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यता हटेको स्थानीय बासिन्दाको भनाइ छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर १५ २०८००६:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend