काठमाडौं- नेपाल एयरलाइन्सलाई दुई साताका लागि हङकङ उडानमा प्रतिबन्ध लागेको छ। विमानस्थल प्रशासनले कोभिड–१९ प्रोटोकल पालना नगरेको भन्दै नेपाल एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगाएको छ।
नोभेम्बर २३ को उडानका क्रममा केही यात्रुलाई कोरोना देखिएको थियो। कोरोनादेखएिपछि २६ नोभेम्बरदेखि ९ डिसेम्बरसम्मको उडान प्रतिबन्ध गरेको हो।
काठमाडौंबाट गएका यात्रुमध्ये हङकङ विमानस्थलमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। विमानस्थलमा उडानका लागि एयरलाइन्सले पालना गर्नुपर्ने नियम नगरेको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो।
दुई हप्ताको प्रतिबन्धले दुई उडान/अवतरण रोकिने छन्। यसबाट नेपाल एयरलाइन्सलाई साढे चार करोड घाटा हुने छ।