शनिबार, साउन १२ गते २०८१    
images
images
images

मौद्रिक नीति समीक्षा - ४/१२ को सीमा यथावत, आयातमा कडाइ, सीडीको कार्ययोजना बुझाउनुपर्ने

images
शुक्रबार, मंसिर १० २०७८
images
images
मौद्रिक नीति समीक्षा - ४/१२ को सीमा यथावत, आयातमा कडाइ, सीडीको कार्ययोजना बुझाउनुपर्ने

यसैगरी व्यक्तिगत सेयरधितो कर्जामा ४ करोड र संस्थागतमा १२ करोडको हालको व्यवस्था पनि यथावत राखिएको छ।

images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्ने गरी चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गरेको छ। 

images
images

मौद्रिक नीतिको समीक्षा मार्फत् केन्द्रीय बैंकले चाँदीको आयात गर्दा दिइने सटही सुविधामा हेरफेर गर्ने भएको छ। ड्राफ्ट/टि.टि.को माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्ममात्र चाँदी आयात गर्नको लागि सटही सुविधा दिने भएको छ। 

images

मौद्रिक नीतिमार्फत केही वस्तुको आयात प्रतितपत्र खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ। 

राष्ट्र बैंकले कुन वस्तु आयात गर्दा कति नगद मौज्दा राख्नुपर्ने हो त्यो चाँहि खुलाएको छैन। 

images

यसैगरी चालु आर्थिक वर्षभित्र ९० प्रतिशत कर्जा - निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने विद्यमान व्यवस्थालाई सलीकरण गर्न बैंक तथा वित्तीय संस्थाले सञ्चालक समितिबाट यसको कार्ययोजना बनाइ केन्द्रीय बैंकमा बुझाउनुपर्ने भएको छ। 

यसैगरी व्यक्तिगत सेयरधितो कर्जामा ४ करोड र संस्थागतमा १२ करोडको हालको व्यवस्था पनि यथावत राखिएको छ।


प्रकाशित : शुक्रबार, मंसिर १० २०७८०४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend