शनिबार, साउन १२ गते २०८१    
images
images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : क्यालिब्रेसन उडानमा भारतको अवरोध

images
शुक्रबार, मंसिर १० २०७८
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : क्यालिब्रेसन उडानमा भारतको अवरोध
images

काठमाडौं- भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडानमा भारतले अवरोध गरेको छ। भारतीय पक्षको अवरोधसँगै क्यालिब्रेसन उडान अन्यौलमा परेको छ।

images
images

क्यालिब्रेसन उडानका लागि यरो थाइका प्रतिनिधि एक साता अगाडि नेपाल आएका थिए। एरो थाइका प्रतिनिधिले अहिले विमानस्थलमा क्यालिब्रेसन उडानको लागि सुपरिवेक्षण गरिरहेका छन्। तर भारतीय पक्षले क्यालिब्रेसन उडानमा प्रयोग हुने जहाजले भारतको भूमि प्रयोग गर्नुपर्ने छ।

images

भारतीय भूमि प्रयोग हुने भएपछि भारतीय पक्षले क्यालिब्रेसन उडानमा अवरोध खडा गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय उच्च स्रोतले बतायो। भारतीय पक्षले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा बारम्बार अवरोध खडा गर्दै आएको छ।

भारतीय पक्षले सबैभन्दा पहिले नामको विषयमा विरोध गर्दै आइकाओमा उजुरी हालेको थियो। नाममा आइकाओले नेपाललै पक्षमा निर्णय गरेपछि भातरले फेरि हवाई प्रवेश विन्दुमा अवरोध खडा गर्दै आएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘यो विषय अझै समाधान हुन सकेको छैन। हवाई रुटसँगै उडान तथा अवतरण कार्याविधि आइएफआर प्रोसिड्युर (यन्त्रका माध्यमबाट हुने उडान तथा अवतरण)मा समेत अवरोध गरेको थियो। फेरि अहिले क्यालिब्रेसन उडानमा अवरोध खडा गरेको हो।’

images

भारतीय पक्षको विरोधसँगै क्यालिब्रेसन उडानका लागि नेपाल आउने तयारी अवस्थामा बसेको एरो थाइको विशेष जहाज आउन सकेको छैन। आयोजनाका कर्मचारीहरूले क्यालिब्रेसन उडानका लागि तयार हुनपर्ने सबै काम भइसकेको बताउँदै आएका छन्।

तर क्यालिब्रेसन उडानमा समस्या सिर्जना भएपछि मिडियामा सूचना रोक्नका लागिसमेत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा सूचना दिने व्यक्ति तोक्दै कर्मचारी तथा आयोजना प्रमुखहरूलाई समेत नबोल्न भन्दै सर्कुलर भइसकेको मन्त्रालय स्रोतले बतायो।

उडान तथा अवतरण कार्याविधिमा भारतले विरोध गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय भूमी प्रयोग नहुने गरी परिमार्जन गरेर स्वीकृत गरेको थियो। ‘क्यालिब्रेस उडान अवतरण कार्याविधिमा तोके अनुसार मात्रै सम्भव नहुने र भारतीय एयर स्पेश प्रयोग हुन्छ,’

मन्त्रालय स्रोतले भन्यो, ‘भारतीय एयर स्पेश प्रयोग नगर्नु भन्दै फेरि विमानस्थल सञ्चालन गर्न नदिन अर्को अवरोध खडा गरेको हो।’

अर्को प्राधिकरणले क्यालिब्रेसन उडान भारतीय कम्पनी ‘इन्डियन एर्पोट अथोरिटी’लाई दिने तयारी गरेको थियो। अन्तिम समयमा पहिलेको सम्झौता अनुसार एरो थाइ नै आउने सहमतिपछि प्राधिकरणले भारतीय पक्षलाई नदिइ यरो थाइलाई नै दिने निर्णय गरेको थियो। 

भारतीय पक्षले क्रस बोर्डर उडानको अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यासविपरीत अवरोध गर्न खोजेको मन्त्रालय स्रोतको भनाइ छ। नेपालको आइएफआर प्रोसिड्युरमा न्यूनतम १ नटिकल माइलदेखि अधिकतम २ नटिकल माइलसम्म भारतीय क्षेत्रमा परेको थियो। त्यसमा भारतले विरोध गरेपछि नेपालले संशोधन नै गरेको थियो।


प्रकाशित : शुक्रबार, मंसिर १० २०७८०२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend