शुक्रबार, चैत १६ गते २०८०    
images
images

आईआईडीएसले ल्यायो 'फेलोशिप'

images
बिजनेस न्युज
images
आईआईडीएसले ल्यायो 'फेलोशिप'

यो कार्यक्रममा आईआईडीएस, सांग्रिला डेभलपमेन्ट र प्रभु क्यापिटल लिमिटेडले सयुक्त रुपमा स्रोत जुटाउनेछन्। 

images
images

काठमाडौं- सर्वाङ्गीण विकासअध्ययनकेन्द्र (आईआईडीएस) 'आईआईडीएस फेलोसिप कार्यक्रम'  सुरुवात गरेको छ। 

images
images
images

४३ औंवार्षिकोत्सवको अवसरमा आईआईडीएसले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गाउँपालिका राष्ट्रिय महासंघ नेपालसँगको सहकार्यमा यो फेलोशिप कार्यक्रम ल्याएको हो। 

images

सन् २०१६ मा सार्वजनिक नीतिमा स्नातकोत्तर (मास्टर्स इन् पब्लिक पोलिसी) कार्यक्रम सुरु गर्न आईआईडीएसले काठमाडौं विश्वविद्यालयसँग समझदारी गरेको थियो। 

images
images

शिक्षित युवाहरूको क्षमता अभिवृद्धि गर्ने र उनीहरूलाई एक वर्षसम्म नेपालका स्थानीय सरकारहरूसँग संलग्न भई सार्वजनिक प्रशासन र सेवा प्रवाह, नेतृत्व, नीति निर्माण र अनुसन्धान कार्यमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर दिनका लागि यो फेलोशिप कार्यक्रम सुरु गरिएको आईआईडीएसले जानकारी दिएको छ। 

विश्वविद्यालयहरूबाट भर्खरै मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गतका कार्यक्रममा स्नातकोत्तर पूरा गरेका एक सय युवाहरूलाई प्रत्येक वर्ष यो अवसर दिइने छ। 

पहिलो चरणको कार्यक्रम सन् २०२२ मा हुने स्थानीय निर्वाचनपछि सुरु गरी पाँच वर्षको अवधिभित्र देशका सम्पूर्ण ४६० वटा गाउँपालिकालाई यो कार्यक्रममा आबद्ध गराउने लक्ष्य आईआईडीएसले लिएको छ। 

यो कार्यक्रममा आईआईडीएस, सांग्रिला डेभलपमेन्ट र प्रभु क्यापिटल लिमिटेडले सयुक्त रुपमा स्रोत जुटाउनेछन्। 

 

images

प्रकाशित : बिहीबार , मंसिर ९ २०७८१२:२३
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ