काठमाडौं- आईएमई जनरल इन्स्योरेन्स र अपी पावर कम्पनीले हकप्रद सेयर दिने भएको छ।
आईएमई जनरलले ४६ लाख ३० हजार ३ सय ४४ कित्ता र अपी पावर कम्पनीले १ करोड ८६ हजार कित्ता हकप्रद ल्याउन लागेका हुन्। दुई कम्पनीले १ करोड ५४ लाख ९० हजार कित्ता हकप्रद जारी गर्ने तयारीमा रहेका छन्।
आईएमई जनरल कम्पनीले १०ः४ र अपीले ०ः३९ कित्ता हकप्रदको प्रस्ताव गरेको हो। आईएमईले ग्लोवल आईएमई क्यापिटल र अपीले मुक्तीनाथ क्यापिटललाई व्यवस्थापक नियुक्त गरिसकेका छन्।
दुवै कम्पनीले नियमक निकाय नेपाल धिताेपत्र बाेर्डमा अनुमती मागिरहेका छन्। बाेर्डले गत मंसिर ६ गते थप डकुमेन्ट मागेकाे छ। सम्भवत पुसमा दुवै कम्पनीले हकप्रद सेयर जारी गर्ने छन्।