शुक्रबार, चैत १६ गते २०८०    
images
images

१९ वर्षपछि फेरि पोखरामा डीडीसी

images
images
१९ वर्षपछि फेरि पोखरामा डीडीसी
images
images

काठमाडौं- १९ वर्षपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले पोखरामा उद्योग स्थापना गर्दै व्यापार सुरु गर्ने भएको छ। डीडीसीले बजार विस्तार गर्दै पोखरामा पुनः आफ्नो उपस्थितिको तयारी गरेको हो।

images
images
images

२०६०/०६१ मा सरकारले पोखरा दुग्ध वितरण आयोजना निजीकरण गरेपछि दुध तथा दहीको व्यापार बन्द भएको थियो। डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडलले उद्योग स्थापनाका लागि जग्गा व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको बताए।

images

जग्गा प्राप्त हुनसाथ आवश्यक संरचना बनाएर पोखरामा व्यापार सुरु गर्ने उनले बताए। ‘चालु आर्थिक वर्षभित्र जग्गा प्राप्त भएको अवस्थामा २०८० बाटै पोखरामा व्यापार सुरु हुन्छ,’ उनले भने ‘अहिले जग्गा प्राप्तीका लागि समिति नै बनाएर काम भइरहेको छ।’

images
images

निजीकरण नहुँदासम्म डीडीसीले पोखरामा दैनिक १० हजार लिटर दुध बेचिरहेको थियो। तर अहिले बिक्री केन्द्रबाट दुध, दही तथा मही बाहेक अन्य उत्पादन भने बिक्री भइरहेको उनको भनाइ छ। 

पोखरा औद्योगिक क्षेत्रको जग्गामा उद्योग सञ्चालन गरेर डीडीसीले व्यापार गर्दै आएको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा आयोजना सञ्चालन भएको थियो। तर सबै डेरी सरकारले मात्रै चलाएर हुँदैन भन्दै कुनै एउटा डेरी निजीकरण प्रस्ताव आयो। निजीकरण गर्ने निर्णय सरकारबाट नै भएको थियो।

मन्त्रालयले निजीकरण प्रक्रिया सुरु गर्‍यो। डीडीसीले पोखरा औद्योगिक क्षेत्रभित्रको जग्गामा संरचना बनाएर उद्योग सञ्चालन गरिरहेको थियो। सरकारले आफ्नो उद्योगको सबै हिसाब किताब गरेर सुजल डेरीलाई बिक्री गर्‍यो। त्यसपछि ५/७ वर्षसम्म उनीहरूले डेरी चलाए।

२०७२ सालतिर आउँदा फेरि पोखरामा डीडीसीको उद्योग राख्नु पर्छ भन्ने विषयमा कुरा उठ्यो। सांकेतिक रुपमा भए पनि सानो आयोजना राख्नु पर्छ भन्ने विषय उठान भएको उनको भनाइ छ।  त्यसपछि जग्गाको खोजी सुरु भयो। जग्गा खोजी हुँदै जाँदा नेपाल सरकारकै स्वामित्व भएको जग्गा खोजी गर्न पहल सुरु भएको पौडेल बताउँछन्।  

अमरसिंह चोकबाट तीन किलोमिटर दक्षिण भेडी फर्ममा रहेको जग्गाको साँध सिमाना छुट्याउने काम भयो। तर उक्त समयमा डीडीसीको सञ्चालन समिति तथा महाप्रबन्धकहरूले उक्त विषय टुंगो लगाउन सकेनन्। एउटा आउने काम सुरु गर्ने तर काम नसकिँदै जाने फेरि अर्को आउने फेरि सुरु गर्ने गर्दै गर्दा केही ढिला भएको महाप्रबन्धक पौडेल बताउँछन्।

‘जति छिट्टो हुन पर्ने हो त्यो भएन। अहिले नयाँ सञ्चालक समिति आएपछि मुख्य एजण्डा नै यसलाई नै बनाइएको छ। पोखरामा डीडीसी स्थापना गर्ने। अहिले पनि बिक्री केन्द्र भने चालु नै छ। दुध दही तथा मही चाहिँ बिक्री भइरहेको छ,’ उनले भने, ‘अन्य उत्पादन नै बिक्री भइरहेको छ।

'पोका दुध चाहिँ लगेर बेचेका छैनौँ। हाम्रो प्लान्ट उत्पादन भएपछि दुध बिक्रीमा सहज हुने र फेरि बजार विस्तार गर्ने भनेर लागि परेका छौँ। जग्गा प्राप्तिका लागि फाइल कृषि मन्त्रालयमा पुगेको छ’ उनले भने। उद्योग स्थापनका लागि १२ रोपनी जग्गा लिने तयारी भएको र त्यही भित्र संरचना बनाउने उनको भनाइ छ।

उनका अनुसार अहिले जग्गा मिलाउने काम भइरहेका छ। त्यो जग्गा नभएको अवस्थामा पनि पोखरासँग सिमाना जोडिएको तनहुँमा पनि जग्गा खोजी भइरहेको छ। कतिपय नगरपालिकाहरूले पनि जग्गा उपलब्ध गराउन सहयोग गर्ने बाचा गरेको पौडेलले बताए। 

‘कारखाना पोखराभित्र हुनुपर्छ भन्ने पनि छैन। सञ्चालक समिति सदस्य वेदबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय जग्गा प्राप्तिको विषय टुंगो लगाउने समिति बनेको छ,’ उनले भने ‘ पोखरामा नभए पनि त्यो भन्दा बढी जग्गा दिन अन्य नगरपालिका पनि तयार छन्।'

तर जग्गा प्राप्तिमा अहिले जिल्ला प्रशासन प्रमुख अधिकारीको संयोजकत्वको समितिले निर्णय गरिदिनु पर्ने कानूनी व्यवस्था छ। जिल्लाबाट निर्णय भएपछि मन्त्रालयले क्याविनेटबाट निर्णय हुन पर्ने हुन्छ। जग्गा पाउन साथ संरचना बनाउने तयारी भएको छ।

यो आर्थिक वर्षभित्र जग्गा प्राप्ति भएको अवस्थामा २०८० बाट डीडीसीले पुन: पोखरामा दुध बिक्री थाल्नेछ। पोखरामा उद्योग स्थापना भएपछि बजार विस्तारका लागि हेटौंडाबाट उत्पादिन दुधसमेत लगेर बजार विस्तार सुरु गर्ने महाप्रबन्धक पौडेलले बताए। 

images

प्रकाशित : बिहीबार , मंसिर ९ २०७८११:२३

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ