शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता

images
images
images
वैदेशिक रोजगारीमा ठगिएका १९ जनाको रकम फिर्ता

आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो।

images
images

तनहुँ- सुरक्षित आप्रवासन परियोजना (सामी) को पहलमा वैदेशिक रोजगारको सिलसिलामा ठगिएका तनहुँका १९ जनालाई रकम फिर्ता गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका ६२ वटा मुद्दामध्ये १९ जनाको ठगिएको रकम फिर्ता गराउन परियोजना सफल भएको हो।

images
images
images

३३ लाख ८० हजार रूपैयाँ रकम पीडित व्यक्तिलाई फिर्ता गराइएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा तिवारीले जानकारी दिइन्। त्यसैगरी करार उल्लंघन गरेका वा सम्झौताअनुरुप काम गर्न नपाएका चौबिस घटनामध्ये २३ वटाको सफल कार्य भएको छ। एक/दुई घटनाको प्रमाणविहीन रहेकाले प्रक्रिया अघि बढाउन नसकिएको उनले बताइन्।

images

सम्झौताअनुरुप काम नलगाइ अन्य काममा पठाइएका व्यक्तिलाई स्वदेश झिकाइ पाँच लाख रूपैयाँ क्षतिपूर्तिबापतका रुपमा उपलब्ध गराइएको छ। वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका १८ जनाको शवमध्ये नौ जनाको शव नेपाल झिकाउन सफल भएको सो परियोजनाले जनाएको छ।

images

मृतकका परिवारलाई दुई करोड ९१ लाख ८४ हजार दुई सय ६१ रूपैयाँ आर्थिक सहायताका लागि सहजीकरण गरिएको छ। 'श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका व्यक्ति दुर्घटनामा परी घाइते भएका ३४ जनाले ५० हजार रूपैयाँका दरले आर्थिक सहयोग पाएका छन्', उनले भनिन्, 'वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यले उक्त सहायता रकम पाउनेछन्।'

images
images

दुर्घटनामा परी घाइते तथा अपांगता भएको अवस्थामा अवस्था हेरी एक लाखदेखि सात लाख रूपैयाँसम्म पाउने व्यवस्था रहेको परामर्शकर्ता तिवारीले बताइन्। 'उक्त आवमा ५५ लाख ८५ हजार रूपैयाँ आर्थिक सहायता पाएका छन्', उनले भनिन्, 'दुई जनाको मेडिकल फेल भएकाले ५० हजार रूपैयाँका दरले एक लाख रूपैयाँ प्राप्त गरेका छन्।' रासस

images

प्रकाशित : आइतबार, मंसिर १० २०८०१२:२४

प्रतिक्रिया दिनुहोस