आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

मौद्रिक नीतिको समीक्षा पर्खंदा साताभर नेप्से स्थिर, अर्को साता मात्रै समीक्षा आउने

images
बिहीबार , मंसिर ९ २०७८
images
मौद्रिक नीतिको समीक्षा पर्खंदा साताभर नेप्से स्थिर, अर्को साता मात्रै समीक्षा आउने
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक नीतिको समीक्षा ल्याउने चर्चाले हप्ताभर स्थिर रहेको सेयर बजार बिहीबार पनि खासै बढ्ने घट्ने भएन। साताभर सेयर बजार एकदिन बढ्दा एक दिन घट्ने भएको छ।  

images
images
images

यो साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३.२२ अंकले घटेर २७३१.७८ अंकमा रोकिएको छ। बिहीबार ७४ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार बजार १.८२ अंकले बढेर २७३४.९४ बिन्दुमा पुगेको थियो। बुधबार ७४ लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँको कारोबार भएको थियो। 

images
images

यो साताको पहिलो दिन आइतबार सेयर बजार ११.६० अंकले घटेर २७५७.५३ अंकमा आइपुगेको थियो। यस्तै सोमबार ७.९० को झिनो अंकले बढेको बजार २७६५.४४ अंकमा पुगेको थियो। मंगलबार भने भारी गिरावट आएको थियो। मंगलबार बजार ३२.२९ अंकले घटेर २७३३.१४ बिन्दुमा झरेको थियो। 

images
images

मौद्रिक नीतिको समीक्षामा केही नीतिगत संशोधनको तयारीमा राष्ट्र बैंक लागेकाले अर्को साता मात्रै नीतिको समीक्षा आउने भएको छ। जसका कारण सेयर लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा रहेका छन्। खासगरी शुक्रबार समीक्षा आउने चर्चा चले पनि अब टरेको छ। 

राष्ट्र बैंकले गत साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा कडाइ गरेको थियो। जसको प्रभाव सेयर बजारमा लगातार देखिइरहेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कसैको पनि दबाबमा परेर नीति परिवर्तन नगर्ने बताउँदै आए पनि केही खुकुलो गर्ने तयारीमा राष्ट्र बैंक रहेको देखिन्छ।  

मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा सीमा घटाएर व्यक्तिगततर्फ ४ करोड र परिवार/संस्थागततर्फ १२ करोड रुपैयाँ तोकेको थियो। अब सो सीमालाई ४ करोड यथास्थितिमा राखेर संस्थागततर्फ ३० करोडसम्म पुर्‍याउने गरी छलफल भइरहेको राष्ट्र बैंक स्रोतको भनाइ छ। 

पछिल्लो दुई महिनायता सेयर बजारमा खासै उतारचाव देखिएको छैन। नेप्से २७०० सय र २८०० को वरीपरी बजार घुमेको छ। कुनै समय ३२०० पुगेर फर्किएको बजार अहिले २७०० को बीचमा टेको लाग्ने संकेत देखिएको छ। पछिल्लो ६ महिनाको सूचकको तुलनमा बजार साढे ४ सय अंकले घटेको छ। 


प्रकाशित : बिहीबार , मंसिर ९ २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend