मंगलबार, फागुन २७ गते २०८१    
मंगलबार, फागुन २७ २०८१
images
images

आलु र च्याङ्ग्रा जोन कार्यक्रम सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ९ २०७८
images
images
आलु र च्याङ्ग्रा जोन कार्यक्रम सुरु
images
images

म्याग्दी- सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषिउपजका सम्भावना र उत्पादनका आधारमा पकेट, ब्लग, जोन र सुपर जोन क्षेत्र घोषणा गरेर विभिन्न कार्यक्रम ल्याउँदै आएको छ। 

images
images

यसैअनुसार सरकारले म्याग्दी र मुस्ताङका पाँच वटा स्थानीय तहमा यस वर्षदेखि आलु र च्याङग्राको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सुरु गरेको छ। म्याग्दीका रघुगङ्गा गाउँपालिकाको ६, ७ र ८ तथा अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडामा आलु जोन सुरु गरेको छ। परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र, लोघेकर-दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा च्याङग्रा जोन सञ्चालन भएको जानकारी दिए। 

images
images

'व्यावसायिक आलुखेती र च्याङग्रापालन विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सुरु भएको हो,' उनले भने, 'पालिका र जिल्लास्तरमा सरोकारवालाको सिफारिसपछि थपिएको आलु र च्याङ्ग्रा जोन कार्यक्रम किसानको सञ्चालक समिति गठन गरेर कार्यान्वयनमा हुन्छ।' कृषि उत्पादनका आधारमा विशेष क्षेत्र छुट्याएर कृषिमैत्री कार्यक्रम ल्याएपछि यस क्षेत्रका किसान उत्साहित छन्।

images
images

कृषि ज्ञान केन्द्रमार्फत आलु बल्क कार्यक्रम सञ्चालन भएको रघुगङ्गा-८ कुइनेमङ्गले र अन्नपूर्ण-८ राम्चे बाहेकका वडामा यस वर्षदेखि कार्यक्रम कार्यान्वयन हुने अधिकृत बस्यालले बताए। ती वडामा आगामी वर्षदेखि जोनको कार्यक्रम हुनेछ। बारागुङ मुक्तिक्षेत्रको खिङगा, झोङ, ताङवे, तेताङ, कागबेनी र ढाकारजुङ, लोघेकर-दामोदरकुण्डको चराङ, मराङ, घिलिङ र ताङग्या, लोमान्थाङ गाउँपालिकाको छोसेर र छोन्हुपमा च्याङग्रा जोन सुरु गर्न लागेको हो। 

आलु जोनका लागि १३ लाख चार हजार र च्याङग्रा जोनका लागि २० लाख ४० हजार रुपैयाँ बजेट विनियोजन भएको छ। यसअघि मुस्ताङमा स्याउ, म्याग्दीमा बङ्गुर र म्याग्दी, पर्वत र बागलुङका सात वटा पालिकालाई समेटेर सुन्तला जोन सञ्चालन भएको थियो।

पुराना जोनका लागि यसपालि रु तीन करोड ५३ लाख बजेट प्राप्त भएको परियोजना कार्यान्वयन इकाईका प्रमुख वरिष्ठ पशु चिकित्सक सुधीर थापाले बताए। 'कृषि क्षेत्रको उत्पादन वृद्धि, सुशासन, बजारमा प्रतिस्पर्धायोग्य वस्तुको उत्पादनसँगै कृषिलाई उद्योगमा रूपान्तरण गर्ने परियोजनाको मुख्य उद्देश्य हो,' उनले भने, 'जोनमार्फत किसानले विभिन्न योजनामा ५० देखि ८५ प्रतिशतसम्म अनुदान पाउछन्।'  

कार्यक्रममार्फत् आलुखेती र च्याङग्रापालनक किसानलाई प्राविधिक सहयोग, कृषि बजार केन्द्र स्थापना, प्रशोधन केन्द्र, ग्रेडिङ तथा सङ्कलन गर्ने गोदाम, सिँचाइ, कृषिऔँजार, यन्त्र उपकरण, प्रदर्शनी, बजारीकरण लगायतका क्षेत्रमा सहयोग गरिने प्रमुख वरिष्ठ पशु चिकित्सक थापाले बताए।

आगामी पाँच वर्षसम्म सञ्चालन हुने कार्यक्रमबाट आलु र च्याङपालन विस्तार, उत्पादन वृद्धि, गुणस्तर सुधार र आयात न्यूनीकरण गर्ने लक्ष्य छ। रासस


प्रकाशित : बिहीबार , मंसिर ९ २०७८०८:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend