शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

२०८१ बैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने सरकारको निर्णय

images
शनिबार, मंसिर ९ २०८०
images
२०८१ बैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने सरकारको निर्णय
images
images

काठमाडौं- सरकारले लगानी सम्मेलन गर्ने भएको छ। देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको हो।

images
images
images

लगामी सम्मेलन २०८१ वैशाख ९ र १० गते गर्ने तय भएको हो। अर्थमन्त्री प्रकाशशरण महतले अर्थ मन्त्रालयको नेतृव सम्हाले लगत्तै लगानी सम्मेलनको तयारी गरेका थिए।

images
images

लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलनमार्फत विदेशी लगानी आकर्षित गर्न खाेजेकाे बताए। 

images
images

नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउन सरकारले लगानी सम्मेलन गर्ने भएको हो। २०७३ फागुन र २०७५ चैतको सफलतापछि लगानी बोर्ड नेपालले तेस्रो पटक लगानी सम्मेलन आयोजना गर्ने भएको हो। यतिखेर विदेशी लगानीकर्तामाझ लगानीको सुरक्षा र प्रतिफल ग्यारेन्टीमार्फत आफूप्रतिको विश्वनीयता देखाउने चुनौती सरकारसामु छ। 

अन्तर्राष्ट्रिय लगानीकर्तामाझ देशको सम्भावना उजागर गर्दै नेपाललाई लगानी गन्तव्यका रूपमा चिनाएर सरकारले वैदेशिक लगानी भित्र्याउन फेरि पनि लगानी सम्मेलन गरिन लागेको हो। लगानी बोर्ड नेपालको ५३औँ बैठकले २०८० मै आयोजना हुन लागेको लगानी सम्मेलनको अवधारणपत्र स्वीकृति गर्नुको साथै सम्मेलन आयोजना गर्ने आवश्यक पूर्वतयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिइसकेको थियो। 

जसअनुसार बोर्डले आवश्यक तयारी पनि थालिसकेको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट भाषणमा लगानी सम्मेलन आयोजनाको उद्घोष गर्ने तयारी गरेको छ। त्यसपछि सम्भव भए २०८० चैत अगावै र नभए पनि आव २०८०/८१ भित्र २०८१ बैशाखमा लगानी सम्मेलन गर्न लागेकाे हाे।

चालु आर्थिक वर्षमै लगानी सम्मेलनको तयारी गरेको सरकारले कम्पनी तथा प्रतिष्ठानलाई 'फोकस' गर्ने योजना बनाएको छ। सम्मेलनअघि नै नेपाल ल्याउन सकिने सम्भावित कम्पनीको खोजी गरेर त्यहाँसम्म पुग्ने योजनाअनुसार अहिले काम भइरहेको छ अर्थका अधिकारीहरूले बताएका छन्।

सम्मेलनको पूर्वतयारीमै कम्पनी खोजी गर्ने र नेपाल आउनका लागि सहमत गराउने काम हुने साथै यसका लागि कुटनीतिक नियोगदेखि राजनीतिक नेतृत्वसम्म परिचालन हुने भएको छ। यसअघिका सम्मेलनमा चिठी पठाउने र सोही आधारमा सहभागी भएकाहरूले खास लगानी नगर्ने गरेको घटनाबाट पाठ सिक्दै यो पटक अलि विस्तृत तयारी गर्न खोजिएको अधिकारीहरूले बताएका छन्। 

संसारभर रहेका लगानीकर्ता जसले नेपालमा लगानी गर्नसक्छन् उनीहरूलाई नेपालका बारेमा जानकारी गराउने र सरकारले नै यसमा प्रतिबद्धतता गर्नेछ। यो सबै पहलकदमी सरकारी स्तरबाटै हुनेछ। प्रतिबद्ध लगानीकर्तालाई सम्मेलनमा सहभागी गराएपछि सम्मेलन अर्थपूर्ण हुने अधिकारीहरूको बुझाइ छ।

सरकारले यो सम्मेलनबाट सकेसम्म विश्वव्यापी रुपमा प्रतिष्ठित कुनै एक/दुई वटा कम्पनी भित्र्याउन खोजेको छ। कम्तिमा एक/दुई वटा कम्पनीमात्र ल्याउन सकिएमा त्यसले ठूलो ब्रान्डिङ गर्ने विश्वास सरकारको छ। विशेषगरी सूचना प्रविधिको क्षेत्रमा नेपालमा युवाहरूको स्वतस्फूर्त आकर्षण देखिएपछि सरकारले यही क्षेत्र केन्द्रित लगानीको खोजी गर्ने भएको छ। 

आगामी लगानी सम्मेलनबाट सूचना प्रविधिको क्षेत्रमा नाम कमाएको एउटा कम्पनी भित्र्याउन सकिएमा त्यसले धेरै प्रभाव पार्ने बुझाइ अधिकारीहरूको छ। त्यसका लागि राजनीतिक तहबाटै प्रतिबद्धतता गर्न परे गर्ने तयारी रहेको छ। 

वस्तु उत्पादन गरेर निर्यातमा लगभग पछिल्लो ३० वर्षको प्रयास असफल भइसकेको छ। सरकारले निर्यातका लागि गरेका प्राय सबै प्रायस असफल भइसकेका छन्। तर अब सूचना प्रविधिको क्षेत्रमा सम्भावना देखिएको सरकारले पनि बताइरहेको छ। नीतिगत घोषणामै यस्तो घोषणा सरकारले गरेको छ। बाह्य क्षेत्रमा देखिएको अहिलेको संकट समाधानका लागि सूचना प्रविधिको क्षेत्र एउटा लाभदायक क्षेत्र हुनसक्ने सरोकारवालाहरूले बताइरहेका छन्।

सरकारले लगानी सम्मेलनका लागि केही महत्वपूर्ण आयोजनाहरू छनोट गरेर सोकेस समेत गर्ने छ।

यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका बेला २०७३ फागुन १९ र २० तथा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७२ चैत १५ र १६ गते लगानी सम्मेलन आयोजना भएको थियो।


प्रकाशित : शनिबार, मंसिर ९ २०८००५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend