काठमाडौं- उद्योगी बिनोद चौधरी पछि प्रभु ग्रुपका अध्यक्ष देविप्रकाश भट्टचन नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
भट्टचन बागलुङ क्षेत्र नम्बर २ बाट अल्पसंख्यक कोटामा निर्विरोध निर्वाचित भएका हुन्। भट्टचन बैंक तथा वित्तिय संस्था, जलविद्युत लगायत क्षेत्रमा लगानी रहेको छ। यस्तै, भट्टचन २०४८ सालको निर्वाचनमा बागलुङबाट स्वतन्त्र उम्मेदवार नै बनेका थिए।