शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

अर्थतन्त्रमा उद्योगको योगदान- दशककै कमजोर 

images
बिजनेस न्युज
images
अर्थतन्त्रमा उद्योगको योगदान- दशककै कमजोर 

उद्योगमा पनि उत्पादनमुलक उद्योगको हिस्सा भने झनै कमजोर अवस्थामा पुगेको छ। 

images
images

काठमाडौं- नेपालको कूल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान यसै पनि बढ्न सकेको छैन। कोरोना महामारी सुरु भएपछि उद्योग क्षेत्रको योगदान पछिल्लो दशककै कमजोर अवस्थामा पुगेको छ। 

images
images
images

पछिल्ला दुई वर्ष जीडीपीमा उद्योगको योगदान १२ प्रतिशत माथि जान सकेको छैन। योगदानका हिसाबले यो पछिल्लो दशककै कमजोर अवस्था हो। 

images

माओवादी हिंसात्मक आन्दोलनकै समयमा अर्थतन्त्रमा २१ प्रतिशतसम्म योगदान गर्ने अवस्थामा पुगेको उद्योग क्षेत्र शान्ति प्रक्रिया सुरु भएपछि भने खुम्चिँदै आएको छ। 

images

शान्ति प्रक्रियाभन्दा अघि नेपालमा सेवा क्षेत्र खासै नफस्टाएकाले उद्योगको हिस्सा बढेको देखिएपनि पछिल्लो समय भने खुम्चिएको छ।

images
images

उद्योगमा पनि उत्पादनमुलक उद्योगको हिस्सा भने झनै कमजोर अवस्थामा पुगेको छ। 

औद्योगिककरणको प्रयास कतैबाट नहुँदा यस्तो अवस्था आएको व्यवसयायीहरुले बताएका छन्। सातौ उद्योग दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै महासंघ अध्यक्ष शेखर गोल्छाले उच्च लागत तथा नियम कानूनको अस्थिरताले गर्दा उद्योग फस्टाउन नसकेको बताए। 

नेपालसँगै औद्योगिककरणको सुरुवात भएका देशहरुको तुलनामा नेपालको अवस्था निराशाजनक भएको उनको भनाइ छ। 

नेपालमा उत्पादन लागत धेरै भएको, लम्बेतान  प्रशासनिक प्रक्रिया तथा कमजोर सरकारी समुन्वयले गर्दा उद्योग फस्टाउन नसकेको व्यवसायीहरुको भनाइ छ। 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योग मन्त्रालयलाई सरकारले कहिल्यै प्राथमिकतामा नराखेको आभास निजी क्षेत्रलाई भएको गुनासो गरेका छन्। 
कतिपय नीति नियमहरू विगतमा निजी क्षेत्रसँग छलफल नगरी बनाएकाले पनि अहिले समस्या आएको उनको धारणा छ। 

अर्थमन्त्रमा उद्योगको अवस्था कमजोर हुँदा समग्र अर्थतन्त्र कजोर हुने व्यवसायीहरु बताउँछन्। औद्योगिक उपभोग्य वस्तुको उच्च आयातले गर्दा मुलुकको बाह्य सन्तुलन खराब हुँदै गएको, न्यून रोजगारी जस्ता असरहरु देखिन थालेको उनीहरुको भनाइ छ। 

'अहिलेकै उच्च आयातको असर हामीले देखिरहेका छौं। त्यसैले सरकारले सस्तो ऋणदेखि सहजीकरणसम्मका काम गर्नैपर्छ' महासंघका अध्यक्ष गोल्छाले भने। 

 

 

 

 

images

प्रकाशित : बिहीबार , मंसिर ९ २०७८०७:४८
प्रतिक्रिया दिनुहोस