आइतबार, मंसिर ९ गते २०८१    
images
images

दोबरले बढ्यो ‘भ्याट ननफाइलर’

images
शुक्रबार, मंसिर ८ २०८०
images
images
दोबरले बढ्यो ‘भ्याट ननफाइलर’

गएको वर्ष ११.३१ प्रतिशत डेबिट फाइलर छन् भने ५८ प्रतिशत क्रेडिट फाइलर रहेका छन्।

images
images

काठमाडौं- मूल्यअभिवृद्धि कर (भ्याट) मा दर्ता भएका तर कर नबुझाउने (ननफाइलर) करदाताको हिस्सा एक वर्षमै दोबरभन्दा बढीले वृद्धि भएको छ। भ्याटमा दर्ता भएकाले कानूनअनुसार विवरण अद्यावधिक गरेपनि कर विवरण नबुझाउने करदाताको संख्यामा वृद्धि भएको छ। 

images
images
images

आन्तरिक राजस्व विभागका अनुसार यसरी विवरण अद्यावधिक भए पनि कर विवरण नबुझाउने प्रवृत्ति बढेको छ। आर्थिक वर्ष २०७९/८० मा ननफाइलरको हिस्सा ३७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो हिस्सा १५.५० प्रतिशतमात्र थियो। 

images

तर आर्थिक वर्ष २०७९/८० मा मूल्यअभिवृद्धि कर विवरण नबुझाउने करदाताको हिस्सा निकै बढेको छ। 

images

भ्याटमा दर्ता भएर पनि व्यवासयमै सक्रिय रहेर उपभोक्ताबाट उठाउने तर राज्यलाई विवरण र कर नबुझाइ व्यापक कर चुहावट भइरहेको हुनसक्ने भएकाले ननफाइलरलाई कर प्रशासनमा ठूलो समस्याका रुपमा लिइन्छ। 

तर ननफाइलरको हिस्सा बढ्नमा अर्को कारण दर्ता भएका तर व्यवसाय चालु नरहेका करदाताको कारण पनि हुनसक्छ। नेपालमा व्यवसाय बन्द गर्न सहज नभएका कारणले गर्दा पनि यस्तो समस्या धेरै देखिने व्यवसायीहरूले बताउँदै आएका छन्। 

विभागले भने प्रत्येक महिना ननफाइलरहरुलाई एसएमस पठाएर सचेत गराउने गरेको छ। तर पछिल्ला दुई वर्षमा निकै बढ्नुका कारण भने कोरोना महामारी र त्यसपछिको आर्थिक सुस्तता भएको विभागले विश्लेषण दिएको छ। 

पछिल्ला दुई वर्षमा  'डेविट फाइलर' को संख्या स्थिर रहेको छ। फाइलिङ गर्ने अथाव विवरण बुझाउनेमा धेरै हिस्सा भने सरकारबाट भ्याट फिर्ता लिनेहरुको अंश धेरै छन्। यसको मतलब सरकारले लिनुपर्ने करदाताहरुको प्रतिशत खुम्चिएको छ भने सरकारबाट फिर्ता लिनेहरुको प्रतिशत बढ्ने प्रवृत्तिका बीचमा डेविट फाइलरको संख्यामा सुधार भएको छ। 

गएको वर्ष ११.३१ प्रतिशत डेबिट फाइलर छन् भने ५८ प्रतिशत क्रेडिट फाइलर रहेका छन्। 


प्रकाशित : शुक्रबार, मंसिर ८ २०८००२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend