आइतबार, मंसिर ९ गते २०८१    
images
images

४ महिनामा २७ सय ८७ वटा विद्युतीय कार आयात

images
बिहीबार , मंसिर ७ २०८०
images
images
४ महिनामा २७ सय ८७ वटा विद्युतीय कार आयात

उक्त संख्यामा विद्युतीय कार आयात हुँदा सरकारले २ अर्ब ९६ करो ९९ लाख ८८ हजार रुपैयाँ राजस्व पाएको छ। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको ४ महिनामा (साउनदेखि कात्तिक) २ हजार ७ सय ८७ वटा विद्युतीय कार आयात भएको छ। कात्तिक महिनामा मात्र ६ सय ५२ वटा विद्युतीय कार आयात भएको तथ्यांक छ।  

images
images
images

असोज महिनामा १ हजार २ सय ३७ वटा विद्युतीय कार आयात भएको भन्सार विभागको तथ्यांक छ। चार महिनामा ६ अर्ब ८३ करोड २७ लाख ५० हजार मूल्य बराबरको विद्युतीय कार आयात भएको हो।

images

उक्त संख्यामा विद्युतीय कार आयात हुँदा सरकारले २ अर्ब ९६ करो ९९ लाख ८८ हजार रुपैयाँ राजस्व पाएको छ। 

images

सरकारले १ सय किलोवाटसम्म मोटर पिकपावर भएका विद्युतीय कारमा न्यून कर लगाएकाले यही सेगमेन्ट विद्युतीय कार धेरै आयात भएका छन्। 

चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा ५० किलोवाटसम्म मोटर क्षमता भएका १२ सय ७९ वटा विद्युतीय कार आयात भएको छ। त्यस्तै ५१ देखि १ सय किलोवाटसम्म मोटर क्षमता भएका १४ सय ८१ वटा, १०१ देखि २ सय किलोवाटसम्म मोटर भएका १७ वटा र २०१ देखि माथि मोटर क्षमता भएका १० वटा विद्युतीय कार आयात भएका हुन्।  

चार महिनाको आवधिमा चीनबाट ५० किलोवाटसम्म मोटर क्षमता भएका २ सय ५ वटा, भारतबाट १ हजार ६२ वटा इन्डोनेसियाबाट १२ वटा विद्युतीय कार आयात भएका छन्।  

त्यस्तै ५१ देखि १ सय किलोवाटसम्म मोटर क्षमता भएका चीनबाट १३ सय ४९ वटा, भारतबाट १ सय ३१, कोरियाबाट २ वटा र १ सयदेखि २ सय किलोवाटसम्म चीनबाट १३ वटा, जर्मनीबाट २ वटा विद्युतीय कार आयात भएका छन्। २ सय किलोवाटभन्दा माथि मोटर क्षमता भएकामा चीनबाट ७ वटा र अमेरिकाबाट ३ वटा विद्युतीय कार आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

विभागको तथ्यांकअनुसार चालु आवको असोजमा इतिहासकै सबैभन्दा बढी विद्युतीय कार भित्रिएको हो। यसअघि २०८० को जेठमा ९ सय २५ वटा विद्युती कार नेपाल भित्रएको थियो। यो वर्षको असोज महिनामा मात्र १ हजार २ सय ३७ वटा विद्युतीय कार आयात भएको थियो। 

चाडपर्व र नाडा अटो शो २०२३ का लागि लक्षित गर्दै विद्युतीय कार आयात बढेको हो। साउन र भदौमा ८ सय ९८ वटा विद्युतीय कार आयात भएको थियो भने असोजमा मात्रै १ हजार २ सय ३७ वटा विद्युतीय सवारी आयात भएको हो। 

नेपालमा सबैभन्दा धेरै विद्युतीय कार भारत र चीनबाट आयात भइरहेको छ।


प्रकाशित : बिहीबार , मंसिर ७ २०८००७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend