आइतबार, मंसिर १२ गते २०७८

नेपालगञ्जमा स्यालसँग ठोक्किँदा जहाजमा क्षति, यात्रु ल्याउन अर्को जहाज पठाइयो 

विजनेस न्युज
नेपालगञ्जमा स्यालसँग ठोक्किँदा जहाजमा क्षति, यात्रु ल्याउन अर्को जहाज पठाइयो 

क्षति भएको जहाजबाट तत्काल उडान गर्न मिल्ने अवस्था नभएपछि बुद्धले अर्को जहाज आज काठमाडौंबाट पठाएको छ। 

काठमाडौं- बुधबार काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज स्यालसँग ठोक्किँदा सामन्य क्षति भएको छ। 

images

 'नाइएन-एजेएक्स' दर्ता नम्बर भएको यो जहाजमा क्षति पुगे पनि यात्रु तथा चाल दलका सदस्यहरु सुरक्षित रहेको बुद्ध एयरले जानकारी दिएको छ। 

क्षति भएको जहाजबाट तत्काल उडान गर्न मिल्ने अवस्था नभएपछि बुद्धले अर्को जहाज आज काठमाडौंबाट पठाएको छ। 

नेपालगञ्ज विमानस्थलमा वन्यजन्तुसँग टक्कर हुने क्रम पछिल्लो  समय बढेको छ। यस्तो क्रम अझै बढ्दै गएमा ठूलो दुर्घटना हुनसक्नेतर्फ बुद्धले नियामकको ध्यानाकर्ण गराएको छ। 

 


प्रकाशित : बिहीबार , मंसिर ९ २०७८११:५४
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ