आइतबार, मंसिर ९ गते २०८१    
images
images

टेस्ला इंक र भारत सरकार सहमतिनजिक : २०२४ मा कार आयात गर्ने, २ वर्षभित्र भारतमा टेस्लाको प्लान्ट

२० हजार डलरमै विद्युतीय कार आउने

images
बुधबार, मंसिर ६ २०८०
images
images
टेस्ला इंक र भारत सरकार सहमतिनजिक : २०२४ मा कार आयात गर्ने, २ वर्षभित्र भारतमा टेस्लाको प्लान्ट

जनवरीमा भाइब्रेन्ट गुजरात ग्लोबल समिट हुँदैछ। सोही मेसोमा टेस्ला र भारत सरकारबीच सम्झौता हुने तयारी भइरहेको भारतीय उच्च अधिकारीले बताएका छन्।

images
images

काठमाडौं- लामो रस्साकस्सीबीच अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्ला इंक र भारत सरकार सहमतिनजिक पुगेका छन्। योसँगै टेस्ला सुरुमा तयारी कार लिएर र त्यसपछि भारतमा प्लान्ट स्थापना गर्ने निश्चित जस्तै भएको छ। केही समयअघि मोदी सरकारले टेस्लाको काम तीव्र गतिमा गर्ने निर्देशन दिएको थियो।

images
images
images

टेस्लाले २०२४ को सुरुदेखि अमेरिका वा जर्मनीमा बनेका विद्युतीय कार भारतमा ल्याएर बिक्री सुरु गर्ने छ। यसको दुई वर्षभित्र टेस्लाले भारतमा विद्युतीय कार उत्पादन प्लान्ट स्थापना गरेर त्यही कार उत्पादन थाल्नेगरि सम्झौता गर्न दुवै पक्ष लगभग सहमत भएका हुन्। 

images

टेस्ला इंक र भारत सरकारबीच २०२४ जनवरीमा सम्झौता हुने अनुमान गरिएको छ। जनवरीमा भाइब्रेन्ट गुजरात ग्लोबल समिट हुँदैछ। सोही मेसोमा सम्झौता हुने तयारी भइरहेको भारतीय उच्च अधिकारीले बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। टेस्लाको प्लान्ट पनि गुजरातमै रहने आंकलन हुन थालेको छ। तर विद्युतीय कार प्लान्टका लागि महाराष्ट्र तथा तामिलनाडू पनि राम्रो मानिन्छ। 

images

टेस्लाले भारतमा सुरुमा न्यूनतम २ अर्ब डलर लगानी गर्ने छ। टेस्लाले भारतमा ब्याट्री प्लान्टसहित इकोसिस्टम नै बनाउन चाहेकाले उसले केही वर्षभित्र १५ अर्ब डलरसम्म लगानी गर्नेछ। पार्टपुर्जा पनि स्थानीय रुपमै उत्पादन गर्दा सवारीको लागत कम हुने भएकाले टेस्लाले भारतमा सकभर धेरै लगानी गर्नेछ। 

नोभेम्बरको सुरुमै भारतीय प्रधानमन्त्री कार्यालयले अर्काे चरणको विद्युतीय कार उत्पादन योजनाबारे छलफल गर्दा टेस्लाको लगानी प्रस्तावमा छलफल गरेको थियो। उक्त छलफलमा टेस्लाको प्रस्तावलाई सक्दो छिटो स्वीकृत गर्न गृहकार्य गर्न निर्देशन भएको थियो। सोहीअनुसार भारतका निकायहरु र टेस्लाले धेरै विषयलाई टुंगो लगाइसकेका छन्। छलफलको एजेन्डा नीतिको बारेमा भएपनि टेस्लाको प्रस्तावमा पनि घनिभूत छलफल भएको थियो। 

द्रुतमार्गबाटै भएपनि टेस्लाले भारतमा लगानी गर्न गरेको प्रस्तावलाई २०२४ जनवरी भित्रै सल्टाइसक्न प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको थियो। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय, ठूला उद्योग मन्त्रालय र इलेक्ट्रोक्सि तथा आईटीले यस बारेमा समन्वय गरेर काम अघि बढाएका हुन्। 

गएको जुनमा अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेस्लाका सीईओ एलन मस्कसँग भेटवार्ता गरेका थिए। उक्त भेटपछि टेस्लाको प्रस्तावमा भारत निक्कै सकारात्मक देखिएको हो। 

टेस्लाले सुरुमा भारत आउनका लागि तयारी विद्युतीय कारमा कर घटाउन प्रस्ताव गरेको थियो। हाल भारतमा ४० हजार डलरभन्दा कम मूल्यका तयारी कार आयातमा ६० प्रतिशत कर लाग्छ। मस्कले उक्त कर ४० प्रतिशतमात्र लगाउन प्रस्ताव गरेका थिए। त्यस्तै ४० हजार डलरभन्दा बढी मूल्यका तयारी कार आयात गर्दा सय प्रतिशत कर लाग्छ। तर टेस्लाको उक्त प्रस्ताव भारतले अस्वीकार गरेपछि उत्पादन प्लान्टसहित भारत आउने टेस्ला तयार भएको हो। अब भने सुरुमा भारत केही कर समायोजन गरेर कार आयात गर्न दिन र टेस्ला भारतमा प्लान्ट स्थापना गर्न तयार भएका हुन्। 

टेस्लाले भारतलाई उर्वर बजारका रुपमा लिएको छ। उदीयमान अर्थतन्त्र भारतमा मध्यमवर्गीयको संख्या बढ्दै गएकाले टेस्ला सीईओ मस्कले भारतलाई उच्च प्राथमिकतामा राखेका हुन्। 

भारतीय बजारमा कार उत्पादन हुँदा टेस्लाले दक्षिण एसियाली बजारमा पनि सहजै कार उपलब्ध गराउन सक्छ। टेस्लाले भारतमा मोडल थ्री, मोडल वाईसहित सस्तो मूल्यको कारसमेत उत्पादन गर्ने अनुमान गरिएको छ। टेस्लाले भारतमा न्यूनतम मूल्य अर्थात २० हजार डलरको कार उत्पादन गर्ने योजना बनाएको एक अधिकारीले बताएका छन्। 


प्रकाशित : बुधबार, मंसिर ६ २०८००७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend