बिहीबार , वैशाख २० गते २०८१    
images
images

वैदेशिक रोजगारीमा जानेको संख्या २६.५५ प्रतिशतले कमी, ४ महिनामा बाहिरिए २ लाख ६ हजार

images
images
images
वैदेशिक रोजगारीमा जानेको संख्या २६.५५ प्रतिशतले कमी, ४ महिनामा बाहिरिए २ लाख ६ हजार
फाइल तस्बिर
images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को तीन महिनामा वैदेशिक रोजगारीका लागि नेपालबाट विश्वमा विभिन्न देश जान अन्तिम श्रम स्वीकृति लिनेको संख्या २ लाख ६ हजार १६ रहेको छ।

images
images
images

जसमा नयाँ कामको खोजीमा म्यानपावरमार्फत रोजगारीका लागि विदेश जानेको संख्या १ लाख ५ हजार ८ सय ८८ रहेको छ।

images

चालु आवको ४ महिनामा रोजगारीका लागि विदेश जानेको संख्या गत आर्थिक वर्ष २०७९/०८० को सोही अविधिको भन्दा कम हो। गत आवको साउनदेखि कात्तिकसम्ममा २ लाख ८० हजार ५ सय १८ जना युवा रोजगारीका लागि विदेश गएका थिए।

images

गत आबको भन्दा चालु आवको ४ महिनामा विदेश जानेको संख्या ७४ हजार ५ सय ०२ ले कम हो। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जानेको संख्या गत आवको तुलना चालु आवको ४ महिनामा २६.५५ प्रतिशतले कमी हो। 

images
images

images

प्रकाशित : बुधबार, मंसिर ६ २०८००६:०१

प्रतिक्रिया दिनुहोस