शनिबार, साउन १२ गते २०८१    
images
images
images

ललितपुरका यी स्थानमा आगामी ६ महिनासम्म निषेधाज्ञा

images
मंगलबार, मंसिर ५ २०८०
images
images
ललितपुरका यी स्थानमा आगामी ६ महिनासम्म निषेधाज्ञा

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ललितपुरका विभिन्न स्थानमा प्रदर्शन, भेलालगायतका गतिविधिमा रोक लगाइएको हो।

images

काठमाडौं- ललितपुरका विभिन्न स्थानमा आगामी ६ महिनासम्मका लागि निषेधाज्ञा लगाइएको छ।

images
images

जिल्ला प्रशासन कार्यालय ललितपुरले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी मंगलबार यूएन हाउस र मन्त्री निवास आसपासमा प्रदर्शन, भेलालगायतका गतिविधिमा रोक लगाएको हो।

images

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम आजदेखि लागु हुने गरी ६ महिनासम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्।

निषेधाज्ञा अवधिभर पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा यूएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र ५ जनाभन्दा बढी व्यक्ति भेला भइ नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशनजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने सूचनामा उल्लेख छ।

images
lalitpur.jpg


प्रकाशित : मंगलबार, मंसिर ५ २०८०१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend