सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

इन्जिनियरको फस्टाउँदो किबी खेती, कोदो र धान खेतीभन्दा तेब्बर आम्दानी

images
images
images
इन्जिनियरको फस्टाउँदो किबी खेती, कोदो र धान खेतीभन्दा तेब्बर आम्दानी

किबीमा एकपटक लगानी गरेपछि वर्षौँसम्म मलजल मात्रै गरे पुग्ने भएकाले यहाँका अन्य किसानसमेत किबी खेतीतर्फ आकर्षित छन्।

images
images

गलकोट- पेसाले जलविद्युतका इन्जिनियर हुन् बागलुङको बिहुँका खिमानन्द कँडेल। उनले कोरोनाकालमा गाउँ फर्केर लगाएको किबीले यो वर्षदेखि उत्पादन दिन थाल्यो। चितवन र काठमाडौंको बजारमा पनि किबी पुगेको छ।

images
images
images

प्रतिकेजी तीन सयदेखि पाँच सय रूपैयाँमा किबी बिक्री गरेका कँडेलले पहिलो वर्ष नै किबीबाट एक लाख रूपैयाँ भित्र्याए।गाउँमा बस्दा फुर्सदिलो भएपछि २०७७ सालमा १२ रोपनी जग्गामा दुई सय २५ किबीका बिरुवा लगाएका उनले पहिलोपटक किबीलाई बजारमा पठाएको बताए।

images

बागलुङको काठेखोला गाउँपालिका-५ थामडाँडा निवासी कँडेलले आफ्नो पुर्ख्यौली जग्गामा किबी खेती गरेका हुन्। सुरुमा लगानी र मेहनत दुवै लागे पनि निरन्तर आम्दानी गर्न सकिने किबी खेती लकडाउनमा समय कटाउनका लागि लगाइए पनि अहिले व्यावसायिक बनेको उनको भनाइ थियो।

images

लकडाउनमा काठमाडौंस्थित इन्जिनियरिङ कन्सल्टेन्सीमा काम नभएपछि लामो समय बागलुङको बिहुँ बसेका कँडेलले लकडाउनको समयलाई भरपुर सदुपयोग गरेको जानकारी दिए।

images
images

'सानैदेखि राजनीतिमा समेत सक्रिय थिएँ, पेसाका कारण काठमाडौंमा केन्द्रित थिएँ तर २०७७ सालमा लामो समय नेपालमा लकडाउन भएकाले कोरोना छल्न गाउँ आएको थिएँ', इन्जिनियर कँडेलले भने, 'बजारमा किबीको भाउ ६ सय रूपैयाँ केजी थियो, खेत र कोदोको भन्दा तेब्बर आम्दानी दिन सक्दो रहेछ भनेर एक महिना लगाएर खाडल खने, थाँक्राको व्यवस्थापन गरे र किबी लगाएँ। कोरोना महामारी सामान्य भएपछि काठमाडौं गएँ तर किबीका बिरुवा हुर्कँदै गए।'

बीच-बीचमा किबीको स्याहारसुसार गर्न गाउँ आए पनि भाइ र बुबाले सहयोगसमेत सहयोग गरेको उनले बताए। दुई सय २५ किबीका बिरुवामध्ये एक सय बिरुवामा किबी फल्न थालेको र आगामी वर्षदेखि वार्षिक तीन लाख रूपैयाँसम्मको किबी बिक्री गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।

उनले तेब्बर आम्दानी दिने र कम मेहनत गर्ने भएपछि कोदो र धान खेती छोडेर किबी खेती लगाइएको बताए। 'कोदो र धान खेतीमा कति दुःख छ, मेहनत अनुसारको आम्दानी हुँदैन, खान पुग्दैन,' कँडेलले भने, 'दुई सयप्रति केजीमै बिक्री भए पनि कोदो र धान खेतीभन्दा तेब्बर आम्दानी हुन्छ, कोदो र धानलाई जस्तो धेरै मेहनतसमेत गर्न पर्दैन।'

किबीमा एकपटक लगानी गरेपछि वर्षौँसम्म मलजल मात्रै गरे पुग्ने भएकाले यहाँका अन्य किसानसमेत किबी खेतीतर्फ आकर्षित भएका हुन्। किबी खेतीका लागि किसानलाई सहज बजारीकरण गर्न भने कठिन रहेको उनको भनाइ थियो।

विसं २०४६ सालदेखि नेकपा एमालेको विभिन्न पदमा रही काम गर्दै आएका कँडेलले २०७९ साल मङ्सिरमा सम्पन्न संघीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बागलुङ क्षेत्र नं १ बाट निर्वाचित चित्रबहादुर केसीसँग प्रतिस्पर्धा गरेका थिए। उनले दस हजार मतसमेत प्राप्त गरेका थिए।

कँडेलले राजनीतिमा लाग्न पनि आफ्नो आर्थिक स्रोत चाहिने भएकाले किबी खेती गरेको बताए। रासस

images

प्रकाशित : मंगलबार, मंसिर ५ २०८०१०:४३

प्रतिक्रिया दिनुहोस