काठमाडौं- साना किसान विकास लघुवित्तले सेयरधनीलाई २६.३१ प्रतिशत लभांश दिने प्रस्ताव गरेको छ। संस्थाको मंसिर ८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घाेषणा गरेकाे छ।
संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।