शनिबार, साउन १२ गते २०८१    
images
images
images

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड निकासा

images
सोमबार, मंसिर ४ २०८०
images
images
भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड निकासा

सबैभन्दा बढी जाजरकोट र रुकुमपश्चिमका लागि ५०/५० करोड रूपैयाँ निकासा भएको छ।

images

काठमाडौं- सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको एक अर्ब ४१ करोड रूपैयाँ निकासा गरेको छ।

images
images

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुमपश्चिम, बझाङ बाजुरा र सल्यान जिल्लाका लागि उक्त रकम निकासा गरिएको हो।

images

त्यसमध्ये सबैभन्दा बढी जाजरकोट र रुकुमपश्चिमका लागि ५०/५० करोड रूपैयाँ निकासा भएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए। उनका अनुसार बझाङका लागि २५ करोड रूपैयाँ, बाजुराका लागि १४ करोड रूपैयाँ र सल्यानका लागि  दुई करोड रूपैयाँ रकम निकासा भएको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको गत कात्तिक २६ को निर्णयबाट भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८० स्वीकृत भएको थियो।

images

उक्त कार्यविधिले निर्दिष्ट गरेको भूकम्प प्रभावित लाभग्राहीको अस्थायी आवास निर्माणको पहिलो किस्ता दिने प्रयोजनका लागि उक्त रकम निकासा गरिएको खड्काले बताए।

उक्त रकम स्थानीय तहमार्फत लाभग्राही पहिचान गरी सम्बन्धित पालिकामार्फत जानेछ। प्राधिकरणले उल्लिखित कार्यविधि तथा प्रचलित कानूनले तोकेअनुसार लेखा राख्ने, लेखा परीक्षण गर्ने र गराउने व्यवस्था गर्न आदेशअनुसार अनुरोध पनि गरेको छ। रासस 


प्रकाशित : सोमबार, मंसिर ४ २०८०१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend