बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

टेस्ला साइबरट्रक : १३ लाख बुकिङ, कहिले पाउँछन् बुक गर्नेले

images
बिहीबार , मंसिर ९ २०७८
images
images
टेस्ला साइबरट्रक : १३ लाख बुकिङ, कहिले पाउँछन् बुक गर्नेले

विश्वभर १३ लाख वटाभन्दा बढी साइबरट्रक बुकिङ भएको छ। यो करिब ८० अर्ब अमेरिकी डलर बराबरको हो। 

images
images

काठमाडौं- पछिल्लो सयमको चर्चित अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले विभिन्न मोडलका विद्युतीय कार बनाइरहेको छ। टेस्लाका मोडल एक्स, मोडल वाई, मोडल थ्री, मोडल एसलगायत मोडलहरु बिक्रीका लागि संसारभर जसो उपलब्ध छन्। 

images
images

तर टेस्लाले बनाउने भनेर घोषणा गर्दै बुकिङ समेत लिइसकेको साइबरट्रक भने हालसम्म सार्वजनिक भएको छैन। २०१९ देखि नै चर्चामा रहेको साइबरट्रकको प्रोटोटाइप सार्वजनिक गर्दै कम्पनीले २०२१ मा बजारमा ल्याउने बताएको थियो। तर २०२१ सकिन एक महिना बाँकी हुँदा समेत टेस्लाले साइबरट्रक सार्वजनिक गरेको छैन। 

images
images

टेस्ला साइबरट्रक हालसम्मको सर्वाधिक बुकिङ हुने कार बनेको छ। विश्वभर १३ लाख वटाभन्दा बढी साइबरट्रक बुकिङ भएको छ। यो करिब ८० अर्ब अमेरिकी डलर बराबरको हो। 

images
images

टेस्लाले २०१९ को नोमेन्बरमा पहिलो पटक साइबरट्रक सोकेस गरेको थियो। त्यतिबेला टेस्लाले साइबरट्रक ब्याट्रीबाट चल्ने विद्युतीय पिकअप हुने र यसको पर्फमेन्ट स्पोर्टसकारको जस्तो हुने बताएको थियो। 

टेस्लाले साइबरट्रक बुक गर्ने उपभोक्ताबाट १ हजार डलर लिएको थियो। १३ लाख वटा साइबरट्रक बुक गर्दा टेस्लाले १ अर्ब ३० करोड डलर यसअघि नै उपभोक्ताबाट उठाइसकेको छ। टेस्लाले साइबरट्रकको बुकिङ खोलेको पहिलो साता नै २ लाख ५० हजार वटा बुक भएको थियो। 

टेस्लाका सीईओ एलन मस्कले केही समयअघि साइबरट्रकको उत्पादन सुरु हुन कम्तिमा २०२२ कुर्नुपर्ने बताएका थिए। यसको अर्थ साइबरट्रक बुक गर्नेहरुले गाडी पाउन कम्तिमा २०२२ को मध्यसम्म कुर्नुपर्ने निश्चित छ। 

टेस्लाको साइबरट्रकसँग प्रतिस्पर्धा गर्ने गरि फोर्डको एफ-१५०  र जनरल मोटर्सको इलेक्ट्रिक ह्यामर सार्वजनिकको अन्तिम तयारी रहेको छ। फोर्डको इलेक्ट्रिक एफ-१५० को बुकिङ समेत करिब २ लाख पुगेको छ। 

टेस्लाले २०१९ नोभेम्बरमा साइबरट्रक सोकेस गर्दा यसको माइलेज ९ सय ५० किलोमिटर हुने र १ सय किलोमिटर प्रतिघण्टाको गति ३ सेकेन्डमा तय गर्ने दाबी गरेको थियो। 


प्रकाशित : बिहीबार , मंसिर ९ २०७८०६:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend