आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

१० दिनको बिदापछि खुल्ने सेयर बजारमा घट्दो ब्याजदर र लाभांशको सकारात्मक प्रभाव पर्ला?

आइतबार, मंसिर ३ २०८०
१० दिनको बिदापछि खुल्ने सेयर बजारमा घट्दो ब्याजदर र लाभांशको सकारात्मक प्रभाव पर्ला?

तिहार र छठसहित १० दिनको बिदापछि मंसिर ४ गते सोमबारदेखि सेयर बजार खुल्दैछ। तिहारअगाडि खासै सकारात्मक नभएको सेयर बजार अब कता जाला भन्ने चासो लगानीकर्ताहरुमा देखिन्छ।

काठमाडौं- तिहार र छठसहित १० दिनको बिदापछि मंसिर ४ गते सोमबारदेखि सेयर बजार खुल्दैछ। तिहारअगाडि खासै सकारात्मक नभएको सेयर बजार अब कता जाला भन्ने चासो लगानीकर्ताहरुमा देखिन्छ।

यहि समयमा बैंकहरुले मंसिरका लागि ब्याजदरसमेत घटाएका छन्। सोहीकारण पनि सेयर बजार सकारात्मक हुने अनुमान लगानीकर्ताहरुले गरेका छन्। 

यसअघि दसैँ र तिहारबीचमा १० दिनमात्रै सेयर कारोबार भएको थियो। १० कारोबार दिनमध्ये ४ दिनमा बजार ४२ अंक बढेको थियो भने बाँकी ६ दिनमा बजार ९२ अंकले घटेको थियो। यो अवधिमा बजार १८१७ बिन्दुसम्म झरेको थियो। अन्तिम कारोबारको दिन ११.८५ अंकले घटेर बजार १८५२.०८ बिन्दुमा पुगेको छ। 

ब्याजदरको प्रभाव सेयर बजारमा 

अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंक तथा वित्तीय संस्थाहरुले महँगो ब्याजदरमा निक्षेप संकलन गरेकाले कर्जाको ब्याजदर समेत उच्च भएपछि विगत २ वर्षयता कर्जा प्रवाह न्युन रहँदै आएको छ। बैंकिङ प्रणालीमा करिब ५ खर्ब १४ अर्ब अधिक तरलता भएपनि कर्जाको ब्याजदर महँगो भएकोले कर्जा परिचालन न्यून छ। 

कात्तिक महिनामा १५ वाणिज्य बैंकले ब्याजदर घटाएकोमा मंसिरमा १३ वाणिज्य बैंकले ब्याजदर घटाएका छन्। माछापुच्छ्रे बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाउको छ भने अन्य ६ बैंकले कात्तिककै ब्याजदरलाई मंसिरमा पनि निरन्तरता दिएका छन्।

यता नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरूले आरक्षणमा पाएको सेयरमा ६ महीनाका लागि लकिङ पिरियडको व्यवस्था गरेको छ। बोर्डले गरेको उक्त व्यवस्थाले बजारमा फण्डमार्फत आएको सप्लाईलाई नियन्त्रण गर्ने जानकारहरूको बुझाइ छ।

यर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ। लामो समयदेखि बजार घट्दो ट्रेण्डमा छ। राम्रा र बलियो वित्तीय अवस्था भएका कम्पनीहरूको सेयर मूल्य न्यून विन्दुमा झरेको छ। यो अवस्थामा बजारमा विस्तारै खरीदकर्ता आर्कषित हुने जानकारहरू बताउँछन्। बजारमा खरीदकर्ता आकर्षित हुँदा बजारले गति लिनेछ। 

त्यसो त सूचीकृत कम्पनीहरूले पनि धमाधम लाभांश घोषणा गर्न थालेका छन्। त्यसकारण अहिले लगानीकर्तालाई आकर्षित गर्ने समय रहेको बजारसम्बन्धी जानकारहरू बताउँछन्। 

यता चालु आर्थिक वर्षको पहिलो ३ महिनामा भने यस्तो कर्जा ६.२ प्रतिशतले बढेर असोज मसान्तमा आउँदा  ८१ अर्ब १ करोड ७६ लाख पुगेको छ। बैंकिङ प्रणालीमा तरलता सहज भएर ब्याजदर घट्दै जाँदा कर्जा पनि बढ्दै गएको हो।

तर मार्जिन प्रकृतिको सेयर धितो कर्जा गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब १७ करोड २६ लाख रुपैयाँले घटेको थियो। २०७९ असार मसान्तमा ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा आउँदा ५.२ प्रतिशतले घटेर ७६ अर्ब ३० करोड ८३ लाखमा झरेको थियो।


प्रकाशित : आइतबार, मंसिर ३ २०८००१:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend