शनिबार, साउन १२ गते २०८१    
images
images
images

दोस्रो बजारका तीन सेक्टरमा यी तीन ‘ब्लुचिप’ कम्पनी, लाभांशबाटै लगानीकर्तालाई मनग्य नाफा

images
शनिबार, मंसिर २ २०८०
images
images
दोस्रो बजारका तीन सेक्टरमा यी तीन ‘ब्लुचिप’ कम्पनी, लाभांशबाटै लगानीकर्तालाई मनग्य नाफा
images

काठमाडौं- दोस्रो बजारमा तीन क्षेत्रबाट उत्कृष्ट तीन कम्पनीहरूको वित्तीय सूचक र लगानी जोखिमका बारेमा यहाँ उल्लेख गरिएको छ। लघुवित्तबाट साना किसान विकास लघुवित्त, इन्भेष्टमेन्ट क्षेत्रबाट नागरिक लगानी कोष र हाइड्रोबाट चिलिमे हाइड्रो उत्कृष्ट मानिन्छ।

images
images

यी तीनमा आफ्नो सेक्टरमा लगानीकर्ताको सबैभन्दा आकर्षक र सुरक्षिता लगानी मानिन्छ। तीनवटै कम्पनीले लगानीकर्तालाई प्रत्येक वर्ष आकर्षक लाभांश दिँदै आएका छन्। तीनवटा कम्पनीलाई दोस्रो बजारमा ब्लुचिप कम्पनीको रुपमा लिने गरिन्छ। 

images

साना किसान विकास लघुवित्त कम्पनी

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पहिलो तीन महिनामा खुद नाफा बढाएको छ। दोस्रो बजारमा आकर्षक मानिएको कम्पनीकले सेयर मूल्य ८७० रुपैयाँमा अन्तिम कारोबार भएको छ। पछिल्लो एकवर्ष अघि सेयर मूल्य १३ सय २५ रुपैयाँ रहेको छ। अहिलेको मूल्य सस्तो भएकोले खरिद गर्नेहरू भविष्यमा राम्रै लाभांश लिन सक्नेछन्। कम्पनीले अहिलेसम्म २५ प्रतिशतभन्दा कम लाभांश दिएको छैन। यो वर्ष पनि लाभांश क्षमता ५० प्रतिशत रहेको छ। राष्ट्र बैंकको नियमले उक्त लाभांश दिन नपाउने भएकोले २५ प्रतिशत हाराहारी दिने अनुमान गरिएको छ।

images

लघुवित्त कम्पनीहरूको एकपछि अर्को कम्पनीले नाफा घटाइरहेकावेला साना किसानले भने असोज मसान्तसम्ममा लघुवित्तले ३० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.४८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड ११ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.८६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १९.८८ प्रतिशत र सञ्चालन मुनाफा २९.७० प्रतिशत बढेको छ। लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ०.७५ प्रतिशतबाट बढेर ०.८१ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जबापत १ करोड ९६ लाख रुपैयाँ छुट्याएको छ।

नाफा बढेपनि लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २३ रुपैयाँ ३३ पैसा घटेर ३६ रुपैयाँ १९ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २६८ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.०४ गुणा रहेको छ।

३ अर्ब ३३ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ अर्ब ६२ करोड ३९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ६.७३ प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले २१ अर्ब २ करोड ८९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४० अर्ब ५५ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

नागरिक लगानी कोष

वित्तिय सूचकका हिसाब र अहिले दोस्रो बजारमा सस्तो मूल्य भएकोले नागरिक लगानीकोषको सेयर मूल्य पनि लगानीकर्ताका लागि आर्कषक देखिन्छ। 

नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। कम्पनीको दोस्रो बजारमा सेयर मूल्य १९१० रुपैयाँमा कारोबार भइरहेको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा २७ सय रुपैयाँसम्म पुगेको थियो। कम्पनीले २५ प्रतिशत माथीनै लाभांश दिदैँ आएको छ। जसका कारण पनि लगानीकर्ताको आकर्षक कम्पनी बन्दै आएको छ। 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै कोषको नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.०३ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १२.१० प्रतिशत बढेको छ। त्यस्तै, कोषको कुल आम्दानी समीक्षा अवधिमा १४.६० प्रतिशत बढेको छ भने कुल खर्च १७.२७ प्रतिशत बढेको छ।

नाफा बढेपनि कोषको प्रतिसेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी १ रुपैयाँ ९६ पैसा घटेर १९ रुपैयाँ ९४ पैसामा झरेको छ। चुक्ता पुँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कोषको यस्तो आम्दानी घट्न पुगेको हो।

असोज मसान्तसम्ममा कोषको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३.५३ गुणा रहेको छ। ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कोषको जगेडा कोषमा २३ अर्ब ३८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ।

चिलिमे हाइड्रो पावर 

चिलिमे कम्पनी विगतमा धेरै राम्रो कम्पनीको रुपमा दरिएको थियो। तर पछि केही समस्या आएको भएपनि अहिले फेरी विभिन्न प्रोजेक्टहरू कम्पनीको निर्माणसम्पन्न भएको छ। धेरै हाइड्रो पावरअहिले पनि लाभांश दिएका छैनन। तर कम्पनीले अहिले पनि १० प्रतिशत भन्दा माथी लाभांश दिदै आएको छ। कम्पनीको दोस्रो बजारमा ४६६ रुपैयाँमा कारोबार भइरहेको छ। 

कम्पनीको चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ३४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत अािर्थक वर्षको सोही अवधिको तुलनामा ३.६६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३५ करोड ५८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणबाट कन्ट्रयाक्ट इनर्जिको अतिरिक्त कम इनर्जि माग भएकोले विद्युत बिक्री आम्दानी सामान्य घटेको कम्पनीले जनाएको छ।

विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको खुद नाफा भने थोरै बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा ०.४२ प्रतिशत बढेर २० करोड ८७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा १४.८२ प्रतिशत घटेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८१ पैसा घटेर ११ रुपैयाँ ५० पैसामा सीमित भएको छ। चुक्ता पुँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ७.५० प्रतिशत बढेर ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा कम्पनीको रिटेन्ट अर्निङ्ग भने ३.२७ प्रतिशत घटेर ३ अर्ब ५० करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.०४ गुणा रहेको छ।


प्रकाशित : शनिबार, मंसिर २ २०८००३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend