शनिबार, मंसिर ८ गते २०८१    
images
images

व्यवस्थापनको लापरबाहीका कारण निगमले दुई वर्षमै गुमायो ९ प्रतिशत बजार हिस्सा

निगम भन्छ- समयमै उड्दैन जहाज

images
शुक्रबार, मंसिर १ २०८०
images
images
व्यवस्थापनको लापरबाहीका कारण निगमले दुई वर्षमै गुमायो ९ प्रतिशत बजार हिस्सा
images
images

काठमाडौं- नेपाल वायु सेवा निगम व्यवस्थापनको लापरबाहीका कारण बजार हिस्सा निरन्तर ओरालो लागेको छ। सन् २०२० मा २५ प्रतिशत बजार हिस्सा पुर्‍याएको निगममा कार्यकारी अध्यक्षमा युवराज अधिकारीको नियुक्तिसँगै दुई वर्षमा बजार हिस्सामा ९ प्रतिशतले गिरावाट आएको छ।

images
images
images

निगम आफैले सार्वजनिक गरेको विवरणमा सन् २०२२ मा निगमको बजार हिस्सा १६.५६ प्रतिशतमा झरेको छ। सन् २०२० मा निगमको बजार हिस्सा सबैभन्दा बढी २५ प्रतिशत पुगेको थियो। 

images

सन् २०१७ देखि निगमको बजार हिस्सा निरन्त। बढेको थियो। सन् २०१७ मा निगमको बजार हिस्सा १० प्रतिशत थियो। १० प्रतिशतको बजार हिस्सा २०१८ मा १ प्रतिशतले बढेर ११ प्रतिशत भएको थियो। २०१९ मा एकैपटकमा ७ प्रतिशतले बजार हिस्सा बढेर १८ प्रतिशत भएको थियो भने २०२० मा पनि ७ प्रतिशतले नै बढेर निगमको बजार हिस्सा २५ प्रतिशत पुगेको थियो।

images

२०२१ मा कोरोनाका कारण निगमको बजार हिस्सा ५ प्रतिशतले घटेको थियो। २०२२ मा भने निगम व्यवस्थापन तथा अध्यक्ष अधिकारीको लापरबाहीका कारण बजार हिस्सा घटेर १६.५६ प्रतिशतमा झरेको छ।

२०२२ का निगमको दुईवटा न्यारोबडी जहाज ५ सय दिनभन्दा बढी ग्राउन्डेड भएका थिए। २०२१ को डिसेम्बरमा बिग्रिएको एउटा न्यारोबडी २०२२ को मार्चबाट मात्रै उडान भएको थियो भने २०२० को जुलाई मा बिग्रिएको अर्को न्यारोबडी जहाज सेप्टेम्बरमा मात्रै उडेका थिए।

जहाजको इन्जिन मर्मतका लापरबाही हुँदा २०२२ मा कुनै पनि दिन दुईवटा न्यरोबडी जहाज पूर्ण रुपमा उडान हुन सकेको थिएन। एउटा उडान भए अर्को ग्राउन्डेड हुने क्रम निरन्तर थियो। त्यसबाहेक पनि निमगका अन्तर्राष्ट्रिय उडानमा प्रयोग भएका दुईवटा वाइडबडी जहाज पनि निगम व्यवस्थापनले पूर्णरुपमा उडान गर्न नसक्दा बजार हिस्सा गुमाएको हो।

कमिसनको लोभकै कारण समयमा जहाज मर्मत नहुँदा ग्राउन्डेड समय बढेको र बजार हिस्सा गुमाएको निगमका एक कर्मचारीले बताए। 

समयमै उड्दैन निगमका जहाज

निगम आफैले सार्वजनिक गरेको रिपोर्टका आधारमा निगमका जहाज कुनै पनि दिन समयमा नउडेको देखिन्छ।

गत आर्थिक वर्ष २०७९/८० मा निगमको जहाज कुनै पनि महिना तोकिएको समयमा उडान भएको देखिँदैन। एक महिनामात्रै ६८ प्रतिशत जहाजले तोकिएको समयमा उडान भरेको रिपोर्टमा उल्लेख छ। गत आवको भदौमा त निगमको जहाज ४० प्रतिशतमात्रै तोकिएको समयमा उडान भएको छ।

निगमले सार्वजनिक गरेको रिपोर्टअनुसार साउनमा ५८ प्रतिशत उडान समयमा भएको थियो भने असोजमा ६१ प्रतिशतमात्रै उडान भएको देखाएको छ। 

यसैगरी कात्तिकमा ६०, मंसिरमा ५४, पुसमा ५३, माघमा ६८, फागुनमा ५९, चैतमा ५३, वैशाखमा ४४, जेठमा ४४ र असारमा जम्मा ५४ प्रतिशत उडानमात्रै समयमा उडेका छन्। समयमा जहाज नउडे पनि विश्वसनियता भने सतप्रतिशत नै रहेको निगमको दाबी छ।


प्रकाशित : शुक्रबार, मंसिर १ २०८००९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend