शनिबार, साउन १२ गते २०८१    
images
images
images

सेयरधनीलाई ४० प्रतिशतसम्म लाभांश दिने क्षमतामा नेकाे इन्स्योरेन्स, (यस्तो छ १० वर्षको इतिहास)

images
बिहीबार , मंसिर ९ २०७८
images
images
सेयरधनीलाई ४० प्रतिशतसम्म लाभांश दिने क्षमतामा  नेकाे इन्स्योरेन्स, (यस्तो छ १० वर्षको इतिहास)
images

काठमाडौं- निर्जिवन बीमा कम्पनीहरूमा अग्रस्थानमा आउने नाम हो नेको इन्स्योरेन्स। विगत वर्षदेखि नै राम्रो नाफा कमाइरहेको नेको इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई पनि राम्रो लाभांश बाँड्दै आएको छ। जसका कारण पनि कारोबार हुने सूचीमा अगाडि नै पर्ने गरेको छ।

images
images

गत आर्थिक वर्षको लाभांश घोषणा गर्न बाँकी कम्पनीले कति लाभांश दिन सक्छ भनेर लगानीकर्ताको चासो बढ्दै गएको छ। वणिज्य बैंकहरू भन्दा अलि ढिलो साधारणसभा गर्ने बीमा कम्पनीहरूले लाभांश पनि ढिलै घोषणा गर्ने गरेका छन्। कतिपय कम्पनीहरूले त दुई वर्ष लाभांश दिन बाँकी नै छ।

images

निकोले भने गत वर्षको लाभांश पनि दिइसकेको छ। आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कम्पनीले सेयरधनीलाई १५.५ प्रतिशत सेयर र ०.८२ प्रतिशत नगद गरी १६.३२ प्रतिशत लाभांश दिएको थियो। नेकोले गत वर्ष २ः१ अनुपातमा हकप्रद सेयरसमेत जारी गरेको थियो। 

neco 2.PNG

कम्पनीको १ करोड ५२ लाख १६ हजार ३ सय ३७ कित्ता सेयर नेप्सेमा सूचीकृत छ। भने १ अर्ब ५२ करोड १६ लाख ३३ हजार ७ सय रुपैयाँ चुक्ता पुँजी रहेको छ। चुक्ता पुँजी पनि वृद्धि गर्ने तयारीमा रहेकोले कम्पनीले गत वर्षको नाफाबाट धेरै सेयर लाभांश र कम नगद लाभांश दिन सक्ने छ। 

images

जसका कम्पनीको ४० प्रतिशत भन्दा माथि  लाभांश दिन सक्ने क्षमता रहेकाे छ। तर क्षमता भएपनि कम्पनीले हालसम्म २१ प्रतिशत भन्दा बढी दिएकाे छैन्। कम्पनीको सेयर मूल्य ५२ हप्तामा अधिकतम १९०० रुपैयाँमा करोबार भएको थियो। त्यस्तै न्यूनतम भने ९८० रुपैयाँमा कारोबार भएको थियो। १८० दिनको औषत मूल्य भने १५०२.१८ रुपैयाँ रहेको छ। कम्पनीको मंगलबार अन्तिम मूल्य १२१७ रुपैयाँमा कारोबार भएको थियो।

कम्पनीको दश वर्षे इतिहासमा सबैभन्दा धेरै २०७२/७३ मा २१ प्रतिशत लाभांश सेयरधनीलाई दिएको थियो। कम्पनीले चालु वर्षको पहिलो तीन महिनामा ७ करोड १९ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ। कम्पनीको प्रतिसेयर आम्दानी पनि २१.८५ रुपैयाँ रहेको छ। कम्पनीको आम्दाी ८१ करोड ३७ लाख रहेको छ। भने २७ करोड ८७ लाख बीमा दावी भुक्तानी गरेको छ। 

दश वर्षकाे लाभांश इतिहास

nico 1.PNG

 


प्रकाशित : बिहीबार , मंसिर ९ २०७८०१:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend