आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सेयर धितोमा कर्जा लिने बढ्दै, तिहारपछि सेयर बजार सकारात्मक हुने संकेत

images
बुधबार, कात्तिक २९ २०८०
images
सेयर धितोमा कर्जा लिने बढ्दै, तिहारपछि सेयर बजार सकारात्मक हुने संकेत

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा भने यस्तो कर्जा ६.२ प्रतिशतले बढेर असोज मसान्तमा आउँदा  ८१ अर्ब १ करोड ७६ लाख पुगेको छ।  बैंकिङ प्रणालीमा तरलता सहज भएर ब्याजदर घट्दै जाँदा कर्जा पनि बढ्दै गएको हो।

images
images

काठमाडौं-तिहार अघि साता पछिल्ला तीन कारोबारमा लगातार बढेको सेयर बजार साताको अन्तिम कारोबारमा पुनः घटेर बन्द भयो। दशैँअघि केही सुधार देखिएको बजार तिहारअघि स्थिर देखिएको थियो। 

images
images
images

बिहीबार ११.८५ अंकले घटेर बजार १८५२.०८ बिन्दुमा पुगेको छ। ५७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ८३ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ। १७५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

निरन्तर उतारचढावमा रहेको बजारमा स्थायी सुधारको अपेक्षाअनुसार वृद्धितर्फ नजाँदै उतारचढावबीच ओरालो यात्रा नै बढी देखिन्छ। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ।

images
images

सेयर बजार केही निश्चित व्यक्तिहरूको नियन्त्रणमा रहेको र उनीहरूले नै बजारलाई कहिले तल ल्याउने र कहिले माथि लैजाने काम गरिरहेको आरोप लागिरहँदा बजारले पनि सुधारको अपेक्षाविपरीत त्यस्तै उतारचढावपूर्ण संकेतहरू गरिरहेको छ।

अहिलेको उतारचढावपूर्ण अवस्थाले लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन। लगातार कमजोर देखिएको सेयर बजारमा अहिले पनि उतारचढावपूर्ण अवस्थाकै निरन्तरता देखिन्छ।

सेयर धितो कर्जा बढ्यो

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा भने यस्तो कर्जा ६.२ प्रतिशतले बढेर असोज मसान्तमा आउँदा  ८१ अर्ब १ करोड ७६ लाख पुगेको छ।  बैंकिङ प्रणालीमा तरलता सहज भएर ब्याजदर घट्दै जाँदा कर्जा पनि बढ्दै गएको हो।

तर मार्जिन प्रकृतिको सेयर धितो कर्जा गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब १७ करोड २६ लाख रुपैयाँले घटेको थियो। २०७९ असार मसान्तमा ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा आउँदा ५.२ प्रतिशतले घटेर ७६ अर्ब ३० करोड ८३ लाखमा झरेको थियो।

यस्तो कर्जा आर्थिक वर्ष २०७८÷७९ मा १ खर्ब भन्दा माथि पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको  जोखिम भार १५० प्रतिशत पुर्‍याएको थियो।

यस्तै गत आर्थिक वर्षको  २०७८/७९  को मौद्रिक नीतिबाट राष्ट्र बैंकले सेयर धितो कर्जामा व्यक्तिगत सीमा अधिकतम १२ करोड र एउटा बैंकबाट ४ करोड तोक्यो।

राष्ट्र बैंकको उक्त नीतिको चर्को आलाचोन भएपछि  आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाइ एउटै बैंकबाट १२ करोडसम्म लिन सक्ने व्यवस्था गरिएको छ। यस्तै सेयर ब्रोकरमार्फत मार्जिन ट्रेडिङ नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाउने घोषणा गरएको ।

साना लगानीकर्ताको  संरक्षणका लागि भन्दै २५ लाख रुपैयाँसम्मको कर्जामा १५० प्रतिशत रहेको जोखिम भार पनि १०० प्रतिशत कायम भयो। तर, सेयर बजामा भने त्यसले नकारात्मक प्रभाव नै बढ्दै गयो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले २५ लाखलाई बढाएर ५० लाखसम्मको कर्जामा जोखिम भार १५० प्रतिशतबाट १०० प्रतिशतमा ल्याएको छ। यस्तै असोजमा एक परिपत्र मार्फत राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडमा सीमा पनि पुनरावलोकन गरेको छ।

प्राकृतिक व्यक्तिलाई १२ करोडको सीमा १५ करोड बनाउँदा सेयर बजारमा लगानी गर्ने उदेश्य भएका कम्पनीको हकमा २० करोड पुर्‍याइएको छ। राष्ट्र बैंकले ५० लाखसममबको कर्जामा जोखिम भार घटाएसँगै उक्त सीमाभित्र पर्ने कर्जा पनि उल्लेख्य बढेको छ।  


प्रकाशित : बुधबार, कात्तिक २९ २०८००१:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend